१५ चैत्र २०८० बिहीबार
समाज

खुर्पाले हानेर जेठाजुको हत्या

सांकेतिक तस्बिर ।

गोरखा – सहिदलखन गाउँपालिका–७, बुङकोट चारघरेमा सोमबार बुहारीले खुर्पाले हानेर जेठाजुको हत्या गरेकी छन्। ८२ वर्षीय बलबहादुर रानालाई खुर्पा प्रहार गरेर हत्या गरेको आरोपमा ५२ वर्षीया गोरिमाया रानालाई प्रहरीले पक्राउ गरेको छ ।

खुर्पा प्रहारपछि गम्भीर घाइते बलबहादुरलाई उपचारका लागि गोरखा अस्पतालमा ल्याइएको भए पनि उपचार हुन नपाई मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।

घटना दिउँसो १ बजेको हो। बुहारीले जेठाजुलाई खुर्पा प्रहार गर्नुको कारण भने खुलेको छैन। गोरिमायालाई खुर्पासहित पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुद्दा फाँटका प्रहरी नायव निरीक्षक रोशन श्रेष्ठले जानकारी दिए।  
 

प्रकाशित: १६ असार २०७६ १०:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App