३ आश्विन २०७७ शनिबार
समाज

प्रेमीसँग मिलेर आमाको हत्या, भारतबाट मगाइयाे 'किलर’

काठमाडौं - भक्तपुरमा चाँगुनारायण वडा नम्बर ७ बाँसबारीकी ६० वर्षीया साबित्री भट्टराईको हत्यामा संलग्न चार अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले हत्या गरिएकी भट्टराईको छोरीसहित चार जनालाई सोमबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा हत्या गरीएकी भट्टराइको छोरी ईश्वरी  भट्टराइ, सिरहाका मोहम्मद नौशाद, अर्जुन कुमार भनिने भोला कुमार र मोहमद रइस छन्। उनलाई प्रहरीले आइतबार राति धादिङको गजुरीबाट पक्राउ गरेको थियो। भक्तपुरमा आइतबार दिउँसो आफ्नै छोरीले प्रेमीसँग मिलेर आमाको हत्या गरेको खुलेको छ।

प्रहरीका अनुसार प्रेमीसँग मिलेर उनले आमाको हत्या गर्न  अर्जुन कुमार भनिने भोला कुमार र मोहमद रइसलाई सुपारी दिएको प्रहरीले जनाएको छ। प्रेम सम्बन्धका कारण आफ्नै आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

ईश्वरी पुरानो ठिमीका मोहम्मद नौसादसँग सम्बन्धमा थिइन् । भट्टराईको आइतबार बिहान चक्कु प्रहार गरी भएको हत्या भएको थियो।

 

 

 

प्रकाशित: १६ असार २०७६ ११:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App