१६ चैत्र २०८० शुक्रबार
समाज

समायोजन भएका कर्मचारीले हाजिर गर्न पाएनन्

समायोजन भएर रोल्पा नगरपालिकामा आएका तर हाजिर गर्न नपाएका कार्यालय सहयोगीहरु। फोटो:दिनेश/नागरिक

रोल्पा - समायोजन भएर आएका कर्मचारीले स्थानीय तहले हाजिर गर्न नदिएको गुनासो गरेका छन्। गत जेठमा जिल्ला स्वास्थ्य कार्यालय अन्र्तगतका ५ जना कार्यालय सहयोगीलाई रोल्पा नगरपालिकाले दरबन्दी नभएको भन्दै हाजिरी गर्न नदिएको उनीहरुले गुनासो गरेका हुन्। उनीहरु समायोजनको पत्रसहित आएका भए पनि नगरपालिकाले हाजिरी गर्न दिएको छैन।

‘जेठ २४ गते स्वास्थ्य कार्यालयबाट नगरपालिका आएको हु, तर यहाँ हाजिरी गर्न दिएका छैनन्। बिहान नगरपालिका आउँछौ अनि दिनभरि बसेर बेलुका घर जान्छौ।’ हाजिरी हुन नपाएका कार्यालय सहयोगी मेघराज उपाध्यायले भने ‘हाजिर गर्ने कहाँ हो? काम गर्ने कहाँ हो? केहि ठेगान छैन। न काम र ठाउँको टुङ्गो न त तलबको। उनले भने, हामी त सबै अब काठमाण्डौ तिर मिलाउन जाने तरखरमा छौ।’

तल्लो तहका श्रेणी विहिन कर्मचारीहरु कार्यालय बिहिन हुदा समेत सरोकारवालाको ध्यान पुगेको छैन। स्वास्थ्य कार्यालयबाट समायोजन भएर आइयो, तर यता हाजिर गराउदैनन्। दरबन्दी थिएन भने माथिबाट किन पठायो। हाजिर हुन नपाएका अर्का कार्यालय सहयोगी हिराबहादुर डागीले भने ‘काम पनि छैन अफिसको ठेगान पनि छैन।

उपाध्याय र डागी जस्तै जिल्ला स्वास्थ्य कार्यालयबाट समायोजन भई रोल्पा नगरपालिका आएका रत्नबहादुर महरा, सुकबिर पुनमगर र मानबहादुर पुनमगर सबै अलमलमा छन्। सबैको चिन्ता एउटै छ तल्लो तहको कर्मचारीलाई उपेक्षा गरेका कारण दरबन्दीको ख्याल नगरेर समायोजन गरियो। उनीहरु भन्छन, सरुवा गर्नेले पनि हचुवाको भरमा एकै ठाउँ ल्याएर थुपारिदियो। समायोजन गर्दा कहाँ कति खालि छ भन्ने थाहा नपाउने पनि हुन्छ ? उनले प्रश्न गर्दै भने। 

उता ५ जना कार्यालय सहयोगीलाई हाजिरी नगराएको रोल्पा नगरपालिकाले भने दरबन्दी नभएकाले हाजिर गराउन नसकेको बताएको छ। ‘हामी कहाँ कार्यालय सहयोगीको यकिन दरबन्दी छैन। पुराना छँदैछन्। केहि समय पहिला दुई जना स्थायी कर्मचारीलाई हाजिर गरायौ। अहिले एकै पटक ५ जना आउदा राख्न नसकेका हौ।’ रोल्पा नगरपालिकाकी प्रमुख  प्रसाशकिय अधिकृत साबित्रा पुनले भनिन्। उनि भन्छिन्, ‘उहाँहरु सबैले नगरपालिका रोज्नु भएको रहेछ। माथिबाट एकमुस्ट धेरैलाई नगरपालिकामा पठायो। तर पनि हामी मिलाउने प्रयासमा छौ।’

‘हामी कहाँ दरबन्दी नभएकाले समस्या परेको हो। सामान्य प्रसाशन मन्त्रालयमा कुरो गरको यहाँ पठाईदिनुस भनेकाले उहाँहरुलाई काठमाण्डौ पठाएका छौ। सायद उताबाट मिलेर आउछ होला।’ रोल्पा नगरपालिकाका मेयर पुर्ण केसीले भने ‘यदि उताबाट मिलेनछ भने हामि यहाँ कतै म्यानेज गर्ने पहल गछौ।’

त्यसो त सवारी चालकको समायोजनमा पनि लापरवाही देखिएको छ। रोल्पामा रहेको कृषि ज्ञान केन्द्रमा गाडी छैन तर दरबन्दी छ। दरबन्दीमा चालक पनि छन्। गाडी नै नभए पनि केहि महिना यता उनि फुर्सदिला भएका छन। उता शिक्षा तथा समन्वय ईकाइमा गाडी दिएको छ तर चालकको दरबन्दी छैन कर्मचारी पनि छैन। कर्मचारी समायोजनले गर्दा श्रेणी बिहिन मात्र नभएर जिल्लाका धेरै कार्यालय र स्थानीय तहमा अन्य कर्मचारीको संख्या पनि निकै घटेको छ।

प्रकाशित: १६ असार २०७६ ०४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App