१६ चैत्र २०८० शुक्रबार
समाज

धान दिवसमा किसानलाई हाते ट्याक्टर

कृषि विकास शाखाले कृषि सहकारी÷समूहलाई ५० प्रतिसत अनुदानमा उपलव्ध गराएको हाते ट्याक्टर। तस्बिरः नागरिक

नुवाकोट– धान दिवसको अवसर पारेर विदुर नगरपालिकाको कृषि विकास शाखाले कृषि सहकारी/समूहलाई हाते ट्याक्टर वितरण गरेको छ।

जग्गा तयारी, रोपो गोडमेल, कटानी प्रशोधनको लागि कृषि शाखाले ५० प्रतिसत अनुदानमा हाते ट्याक्टर उपलव्ध गराएको हो। नगरपालिकाका भित्र रहेका १३ वटा कषि सहकारी/समूहलाई  २२ वटा औजार वितरण गरिएको कृषि विकास शाखा प्रमुख सुनिता तामाङले बताइन्। एउटा औजारलाई ४७ हजार ३ सय रुपैयाँ परेको र ५० प्रतिशत अनुदानमा किसानलाई उपलव्ध गराएको तामाङको भनाई छ। उनको अनुसार ३ नम्बर वडामा रहेको बुधसिङघाट कृषि सहकारी र हाम्रो कृषि सहकारीलाई दुईदुई वटा रोपो गोड्ने उपकरण सतप्रतिसत अनुदानमा उपलव्ध गराइएको हो। एउटा मेसिनलाई २८ हजार रुपैयाँ परेको थियो।

हाते ट्याक्टर किसानलाई प्रदान गर्दै नगरपालिकाको मेयर सञ्जु पण्डितले नगरपालिकाको नीति तथा कार्यक्रममा कृषि क्षेत्रको विकासको लागि मानव श्रोतको आवश्यक रहेकोले त्यसलाई परिपूर्ति गर्न मेसिनरी सामाग्रीहरु वितरण गर्ने भनि समावेश गरिएको बताए।

पण्डितले किसानहरुलाई जग्गा बाझो नराख्न आग्रह गर्दै किसानको पक्षमा नगरपालिका सधै सकरात्मक रहेको बताए। ‘एक कृषक एक उपकरण पुराउने नगरपालिकाको लक्ष्य भए पनि स्रोत साधनको अभावले गर्दा कृषि सहकारी/समूहलाई वितरण गरिरहेका छौँ। जमिन बाझो राख्न नपाइने भन्ने सरकारको नीति छ। त्यसैले किसानलाई कृषि पेशामा कसरी आकर्षित गराउने भन्नेमा हामी प्रयासरत छौँ,’ पण्डितले भने, ‘लागतको आधारमा उत्पादन कसरी गराउने र बजारको व्यवस्था गराउन नगरपालिका चिन्तित छ। बजारकै कारण कृषक कृषि पेशाबाट पलायन हुनबाट जोगाउछौँ।’

लामो समयदेखि कृषि पेशा अगाल्दै आएका हाम्रो सहकारी तुप्चेका नवराज रिजालले गोरुले जोत्दा समय धेरै लाग्ने, खर्च धेरै हुने, गोरु पाल्ने किसान घट्दै गएकोले गोरुको समस्या हुदै आएकोले नगरपालिकाले उपलव्ध गराएको हाते ट्याक्टरबाट सहज हुने विश्वास लिएको बताए।

प्रकाशित: १५ असार २०७६ ०७:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App