१६ चैत्र २०८० शुक्रबार
समाज

जीप दुर्घटनामा चालकको मृत्यु

दाङ – दाङमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आज रगैँचाबाट तुलसीपुर आउँदै गरेको जीप दंगीशरण–७, श्रीगाउँ नजिक दुर्घटना हुँदा जीप चालक दंगीशरण–७, रजतगाउँका डिल्लीबहादुर ओलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

गाडी अनियन्त्रित भई बिहान साढे ८ बजे दुर्घटना हुँदा गम्भीर घाइते ओलीको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताए। रा १ ज ४३६ नं को जीप दुर्घटनामा परेको हो। उक्त जीपमा अन्य तीन जना सवार रहे पनि अन्यको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।

यसैबीच इलाका प्रशासन कार्यालय तुलसीपुर प्रमुख यादव सुवेदी सवार गाडी पनि दुर्घटनामा परेको छ। तुलसीपुर–घोराही सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–६, मोतिपुर कल्भर्टबाट सुवेदी सवार रा १ झ ९९ नम्बरको सरकारी कार दुर्घटनामा परेको हो।

आज तुलसीपुरबाट घोराही जाँदै गर्दा बिहान सडकमा चिप्लिएर कार दुर्घटनामा पर्दा प्रमुख सुवेदी घाइते भएका छन्। उनलाई अहिले राप्ती प्रादेशिक अस्पतालमा राखिएको र थप उपचारका लागि काठमाडौँ पठाउन लागिएको इलाका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए। सुवेदीको टाउकोमा चोट लागेको छ। रासस

प्रकाशित: १४ असार २०७६ ०७:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App