२९ असार २०७७ सोमबार
समाज

पानीसँगै बगेको लेदोले पृथ्वी राजमार्ग अवरुद्ध

धादिङ - बुधबार रातीदेखि परेको पानीसँगै लेदो बग्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। धादिङको बैरेनी र जहरेका सडकमा लेदो बग्दा राजमार्ग अवरुद्ध भएको छ। धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारबाट वालुवाखानी जाने शाखा सडकहरु जताभावी खोल्दा पानीसँगै राजमार्गमा लेदो बगेको हो। जसका कारण बैरेनीबजारका घरहरु पनि डुबानमा परेको छ। 

बिहान ४ बजेदेखि नै राजमार्ग अवरुद्ध हुदाँ राजधानी जाँदै गरेका र राजधानी हुँदै पूर्व, पश्चिम हिडेका सवारी साधनहरु बीचमा नै रोकिएका छन्। देशका ६७ जिल्लाका साथै छिमेकी देश भारतबाट स्थलमार्ग हुंदै आवातजावत गर्ने उद्गम विन्दुका रुपमा मानिएको पृथ्वी राजमार्ग यसरी अवरुद्ध हुदाँ यात्रुहरुले हैरानी व्यहोर्नु परेको छ। राजमार्गलाई छेडेर जथाभावी गाउँतिर लगिएका ग्रामीण सडक, सडक भन्दा माथि तिर खोलिएका बालुवा उत्खनन केन्द्रका कारण भल बाढीले लेदो बगाउँदै राजमार्गमा ल्याई पु¥याएको हो।

राती देखि हालसम्म निरन्तर पानी परिरहदाँ सडकमा थुप्रिएको लेदो हटाउन नसकिएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख हेमराज घिमिरेले बताए। ‘जताभावी शाखा सडक खनिदिदाँ लेदोले राजमार्ग अवरुद्ध भएको छ’, उनले भने, ‘सडक अवरुद्ध हुदाँ सवारी आवागमन ठप्प छ, ३, ४ वटा स्काभेटर ल्याएर सडक पन्छाउने काम भइरहेको छ।’

गल्छी गाउँपालिकाको केन्द्ररहेको बैरेनीवजारको दायाँबायाँको सडक खण्डमा भलबाढी बग्दा सडक नदी जस्तै हुन पुगेको हो। लेदो माटो सहितको बाढीले पैदलयात्रुलाई हिड्न समेतक कठिनाई भएको छ। अहिले स्काभेटर ल्याएर सडक पन्छाउने काम भएपनि निरन्तर पानी परेका कारण समस्या भएको घिमिरेले बताए। पृथ्वी राजमार्ग अन्र्तगतकै गजुरी गाउँपालिका वडा नं ६, जहरेमा पनि सडकमा लेदो थुप्रिएको छ। जसका कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: १२ असार २०७६ ०८:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App