७ वैशाख २०८१ शुक्रबार
समाज

शल्यक्रियाबिनै स्तन ट्यिुमरको उपचार

काठमाडौं – नेपाल मेडिसिटी अस्पतालमा शल्यक्रियाबिना स्तन ट्यिुमरको उपचार सम्पन्न भएको छ। तीन साताअघि अस्पतालमा आएकी १६ वर्षीय किशोरीको दुवै स्तनमा पलाएको ट्यिुमरको उपचार गरिएको हो। उनको ट्यिुमरको उपचार ‘माइक्रोवेभ वेभ्लेसन’ प्रक्रियाबाट गरिएको हो। यो प्रविधि नेपालमा पहिलो पटक सो अस्पतालले भित्र्याएको हो। उपचारपछि किशोरी घर फर्किसकेकी छिन्।

उपचारमा रेडियोलोजिस्ट डा. ओमविजु पन्त, वरिष्ठ सर्जन डा. सुनिलकुमार शर्मा र एनेस्थेसियोलोजिस्ट डा. अपूर्व शर्माको समूह संलग्न थियो। यो प्रविधिअनुसार स्तनमा रहेको ५ सेन्टिमिटर भित्रको ट्यिुमर निकाल्न सकिन्छ। यो प्रविधिमा भिडियो एक्सरेजस्तै इलेक्ट्रोड अल्ट्रासाउन्ड दिइन्छ। इन्जेक्सनबाट दिइने इलेक्ट्रोडले स्तनभित्रको ट्यिुमरको कोष मार्छ। विकसित देशमा पाँच/सात वर्षअघि नै यो प्रविधिमा उपचार हुने गरेकोमा नेपालमा भने यो अस्पतालमा पहिलो पटक सेवा सुरु भएको हो।

यसअघि यस्तो ट्यिुमरको शल्यक्रिया गरिन्थ्यो। शल्यक्रिया गर्दा स्तनको स्वरुप बिग्रिने, शल्यक्रियापछि स्तनपान गराउँदा अप्ठेरो हुने समस्या देखिन्थे। त्यसैगरी पछि गएर ट्यिुमर पलाउने सम्भावना पनि रहन्छ। किशोरीहरुमा स्तन वृद्धि हुने क्रममा ‘फाइब्रोडेनोमा’ नामक ट्यिुमर पलाउँछ। सानो अवस्थाको ट्यिुमर शरीरमा भए नभएको उपचारका क्रममा मात्र थाहा हुन्छ। तर ३ सेन्टिमिटर बनेमा महिला स्वयंले थाहा पाउन सक्छन्।

उपचार गरिएको किशोरीको दुवै स्तनामा ५ सेन्टिमिटरको ट्यिुमर पलाएको थियो। ट्यिुमरको समयमै उपचार नगरे २०÷३० वर्षपछि ‘सार्कोमा’ क्यान्सर हुन्छ। यो प्रविधीबाट उपचार गर्दा ट्यिुमर पलाउने सम्भावना कम हुन्छ। अस्पतालमा सातामा ८ देखि १० जना ट्यिुमर पलाएका किशोरी तथा महिला उपचारको लागि आउने गरेका छन्।

प्रकाशित: ११ असार २०७६ ०३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App