८ वैशाख २०८१ शनिबार
समाज

दुर्घटनामा वृद्धको मृत्यु

महोत्तरी– औरहीमा आज बिहान भएको सडक दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको छ। एकाबिहानै सम्सी गौशाला सडकखण्डअन्तर्गत औरही नगरपालिका–४ बैरिया भन्ने स्थानमा सडक दुर्घटनामा परी स्थानीय ७६ वर्षीय गनौर रायको मृत्यु भएको हो। 

गाडीको ठक्करबाट निजको मृत्यु भए तापनि गाडीको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। टाउकोमा गम्भीररुपमा चोट लागेकाले रायको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक किशोर अचार्यले बताए। 

शव परीक्षणको लागि जलेश्वर पठाउने तयारी भइरहेको छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अचार्यले जानकारी दिए। रासस

प्रकाशित: ९ असार २०७६ ०२:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App