५ वैशाख २०८१ बुधबार
समाज

बसको ठक्करबाट २ को मृत्यु

रुपन्देही – पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको सैनामैनामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवाको मृत्यु भएको छ। दुर्घटनामा परी मोटरसाइकल चालक दाङ लमहीका अन्दाजी २६ वर्षीय मानबहादुर चौधरी र २७ वर्षीय काशीराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

सैनामैना नगरपालिका–६, कलौनीमा महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ५९४८ नम्बरको बसले दाङतर्फ जाँँदै गरेको लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। बसको ठक्करले मोटरसाइकलमा आगजनी भएको थियो, जसकारण शनिबार राति दुर्घटनामा परी ज्यान गुमाए पनि मृतकको भने आइतबार दिउँसो मात्रै सनाखत भएको हो।

शव जलेका कारण पहिचान गर्न समय लागेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी भीमलाल भट्टराईले जानकारी दिए। मोटरसाइकलको पेट्रोल ट्यांकी फुटेपछि आगलागी भएको उनले बताए। ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय सालझन्डीको नियन्त्रणमा छन्।

प्रकाशित: ८ असार २०७६ ११:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App