१६ चैत्र २०८० शुक्रबार
समाज

गाँजासहित दुई जना पक्राउ

रौतहट– लागूऔषध गाँजासहित प्रहरीले एक भारतीय नागरिकसहित दुई जना कारोबारीलाई पक्राउ गरेको छ। गौर–चन्द्रपुर सड्क खण्ड अन्तर्गतको यमुनामाई गाउँपालिकास्थित बम नहरमा चेकजाँचको क्रममा साढे १० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।

चन्द्रनिगाहपुरबाट यात्रुवाहक म्याजिकमा गाँजा राखेर सिमापारी भारतीय बजारतर्फ लैजाँदै गरेको विशेष सूचनाको आधारमा प्रहरीले गाँजासहित राजदेवी नगरपालिका–८ का ४६ वर्षीय रामाशंकार राय यादव र भारत विहार शिवहर पिप्राडीकाका २३ वर्षीय ललनकुमार यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

गाँजा लिएर भारततर्फ जाँदै गरेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पपु नायकको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक भुपेन्द्रबहादुर खत्रीले बताए। पक्राउ परेका दुबै जनाविरुद्ध जिल्ला अदालत गौरमा आइतबार लागूऔषध ओसारपसार ऐन अन्तर्गतको मुद्दामा म्याद थप गरी कारवाही प्रक्रिया अघि बढाएको एसपी खत्रीले बताए। 

प्रकाशित: ८ असार २०७६ १०:५९ आइतबार

लागूऔषध गाँजा पक्राउ