coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

त्रिभुवन विमानस्थलको गेट अगाडि कारमा आगलागी

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडि कारमा आगलागी भएको छ। अचानक आगो लाग्दा गाडीको अगाडीपट्टीको भाग जलेको विमानस्थल प्रहरी कार्यालय प्रमुख एसएसपी सन्दिप भण्डारीले जानकारी दिएका छन्। 

आफन्त लिन विमानस्थल प्रवेश गर्ने क्रममा काठमाडौं १३ ताहाचलका २८ वर्षीय रितेश श्रेष्ठको बा ५ च ८३९५ नम्बरको कालो रंगको माज्दा गाडीमा शनिबार अपराह्न ४ बजेतिर एक्कासी आगो लागेको थियो। 

विमानस्थलको गेट अगाडि कारमा आगो लागेपछि विमानस्थल प्रहरी कार्यालयका प्रमुख एसएसपी भण्डारीको कमाण्डमा प्रहरी परिचालित भई अन्य वारुण यन्त्र तथा अग्नि नियन्त्रण र सर्वसाधारणको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। एसएसपी भण्डारीले घटनामा कुनै पनि मानवीय क्षति नभएको बताए।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App