८ वैशाख २०८१ शनिबार
समाज

जोखिम न्यूनीकरणबारे सिकाउँदै सेना

विपद् जोखिम न्यूनीकरणबारे सिकाउँदै सेना। तस्बिरः नागरिक

जुम्ला–पछिल्लो समय प्राकृतिक प्रकोपका घटना बढ्न थालेपछि नेपाली सेनाले जुम्लामा विद्यार्थीहरूलाई भेला गराएर जोखिम न्यूनीकरणबारे सिकाउन थालेको छ। जुम्लामा आउन सक्ने सम्भावित प्रकोप र विपद्बारे सचेत पार्दै प्राकृतिक प्रकोपपूर्व अपनाउनुपर्ने क्रियाकलापका विषयमा सिकाउन थालेको हो।

साथै विपद्पछि गर्नुपर्ने उद्धारका क्रियाकलापबारे समेत प्रशिक्षण दिन थालेको २४ नं. बाहिनी अड्डा जुम्लाले जनाएको छ। नेपाली सेनाको टुँडिखेल मैदानमा चन्दननाथ नगरपालिका क्षेत्रका आधा दर्जन बढी विद्यालयका विद्यार्थीलाई भेला गराएर विपद् न्यूनीकरणबारे जानकारी गराइयो। 

चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवाल विपद् न्यूनीकरणबारे विद्यार्थी जगत निकै सचेत हुनुपर्ने बताइन्। प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले प्रकोप पूर्व तयारीमा जुट्न आग्रह गरिन्। नेपाली सेनाले विभिन्न स्टल बनाएर प्रकोप नियन्त्रण गर्न चाहिने आवश्यक उपकरण र जुम्लामा प्रकोपको अवस्थाका बारेमा जानकारी दिइसकेको छ। जसअनुसार कार्यसम्पादनका लागि सबै लाग्ने बेला आइसकेको बञ्जाडेले बताइन्। 

नेपाली सेनाले विपद् आउँदा देखिने खतराका संकेत, विपद्पछि चाहिने उद्धार उपकरणबारे विद्यार्थीलाई जानकारी दिएको थियो। साथै विपद् जोखिम न्यूनीकरणका विषयमा बनेको वृत्तचित्रसमेत प्रदर्शन गरेको थियो। टुँडिखेल मैदानमा विभिन्न प्रकोपका घटनाबारेको डेमो प्रदर्शन गरिएको थियो।

विभिन्न १० वटा स्टल बनाइएको थियो। प्रत्येक स्टलमा उद्धार सामग्री राखिएको थियो। उद्धारमा स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी, उद्धार र राहतका कार्यमा संलग्न सबैको भूमिकाका विषयमा सहजीकरण गरिएको  थियो। 

प्रकाशित: ६ असार २०७६ ११:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App