६ वैशाख २०८१ बिहीबार
समाज

बाँकेमा लागुऔषध कारोबारीको संख्या बढ्दै

बाँके–बाँकेमा लागुऔषध कारोबारीको संख्या बर्सेनि बढ्दै गएको छ। चालू आर्थिक वर्षको अहिलेसम्म ३३८ लागुऔषध कारोबारी पक्राउ परेका छन्। तीमध्ये २२१ जनाविरुद्ध मुद्दा दर्ता भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए। 

कारोबारीलाई कानुनी दायरामा ल्याउन प्रहरीले सक्रियता देखाएका कारण पक्राउ पर्ने र मुद्दा दर्ता हुनेको संख्या पनि बढ्दो क्रममा रहेको उनले बताए। 

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, आर्थिक वर्ष २०७४/७५ मा पक्राउ परेका ३१० लागुऔषध कारोबारीमध्ये १४५ जनामाथि मुद्दा दायर भएको थियो। यसै गरी आर्थिक वर्ष  २०७३/७४ मा पक्राउ परेका १८० लागुऔषध कारोबारीमध्ये १३७ जनामाथि मुद्दा दायर भएको प्रहरी उपरीक्षक पौडेलले बताए। 

जिल्ला प्रहरी कार्यालय बाँकेले आर्थिक वर्ष २०७५/७६ को हालसम्म ४६६ ग्राम १२० मिलिग्राम ब्राउनसुगर, ४७ किलो ८२४ ग्राम चरेस, १८ किलो पाँच सय ग्राम अफिम, दुई किलो सात सय २० ग्राम गाँजा, सात लिटर आठ सय मिलिलिटर कोरेक्स र सात हजार ७८ ट्याब्लेट नाइट्राजेपाम लागुऔषध बरामद् परेको छ।

नेपालमा लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा ८४ को ६ (३) मा भएको व्यवस्थाअनुसार एक सय ग्रामभन्दा माथि कारोबार, ओसारपसार गर्नेलाई १५ वर्षदेखि जन्मकैद र पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने कानूनी प्रावधान रहेको बाँके प्रहरी प्रमुख पौडेलले जानकारी दिए। रासस

प्रकाशित: ६ असार २०७६ ०८:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App