१५ चैत्र २०८० बिहीबार
समाज

दाेषीमाथि कार्बाहीकाे माग गर्दै गाैशालामा प्रदर्शन

काठमाडाैं– मंगलबार बौद्धस्थित समता अस्पतालमा क्लिनरको रुपमा कार्यरत एक युवती झुण्डिएको अवस्थामा फेला परेपछि उनका आफन्तले अस्पतालमाथि नै हत्याकाे आराेप लगाउदै आएका छन्। आज पनि महानगरीय प्रहरी वृत्त गाैशालामा दाेषीमाथि कार्वाहीकाे माग गर्दै मृतकका आफन्तहरूले प्रदर्शन गरेका छन्। उनीहरूले हत्यारालाइ कार्वाहीकाे माग गर्दै नाराबाजी गरेका हुन्।

२७ वर्षीया बिमला तामाङ मंगलबारअस्पतालमै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।

बिमला मृत फेला परेपछि आफन्तले अस्पतालमा तोडफोड गरेका थिए। रामेछापको दोरम्बा घर भएकी विमला विगत केही महिनादेखि उक्त अस्पतालमा कार्यरत थिइन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App