१६ चैत्र २०८० शुक्रबार
समाज

अघोषित लोडसेडिगले भक्तपुरबासी हैरान

नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रको दूधपाटीस्थित कार्यालय ।

भक्तपुर– जगाती क्षेत्रमा पछिल्लो एक/दुई महिनादेखि दैनिक लोडसेडिङ हुँंदै आएको छ। घोषित रुपमा लोडसेडिङ नभए पनि यहाँं बिजुली बत्ति जानेआउने गरेको छ। पाँंच, सात मिनेटको फरकमा दैनिक दर्जनौ पटक बिजुली जाने र आउने गरेको छ।

स्थानीयका अनुसार यहाँं यसरी नै बिजुलीको जुहारी चल्ने गर्दै आएको छ। छिनमा आउने र छिनमा जाने गरेर दिनमा दर्जनौ पटक बिजुली आउने र जाने गरेको छ। ‘कसैले पत्याउँंदै नपत्याउने गरी यहाँं दैनिक दर्जनौ पटक लोडसेडिंग भइरहेको छ, एक स्थानीयले भने। उनीहरुका अनुसार झण्डै एक दुई महिना अगाडिदेखि नै बत्ति नगएको कुनै दिन नै छैन, दैनिक कुनै न कुनै बेला बत्ति गइहाल्छ। कहिले बढी त कहिले कम पटक मात्रै भए पनि दैनिक बत्ति जाने आउने गरेको बताए।

भक्तपुर लिवालीका रामसुन्दर शिल्पकार घोषित रुपमा लोडसेडिङ नभए पनि छिनछिनमा हुने अघोषित लोडसेडिंगले आफूहरु हैरान भएको बताउँंछन्। ‘हामी समान्य सिकर्मी काम गर्ने नै असाध्यै पीडित छौ भने अरु ठूलाठूला उद्योग चलाउनेहरु के भए होलान्? उनले प्रश्न गरे। छिनछिनमा बिजुली बत्ति जाँंदा काममा बाधा पुग्ने गरेको उनले बताए। काठका कामका लागि छिनछिनमा मेशिन चलाउनुपर्ने भएर समस्या हुने गरेको उनले बताए।

भक्तपुर गोल्मढीकी लक्ष्मीप्यारी कवाँं पनि दैनिक बत्ति जाँंदा असाध्यै समस्यामा परेको सुनाउँंछिन्। ‘दिनमा त ठिक छ, तर राति पनि बत्ति जाँंदा हैरान भएका छौं, उनले भनिन्, ‘राति बत्ति गएपछि मैनबत्ती किन्न जाँंदा पनि कही कुनै पसलमा पाइँंदैन अनि त झन समस्या हुन्छ।’ घोषित रुपमा लोडसेडिङ नहुने भएकाले पसलेहरुले मैनबत्ती बेच्न छोड्दा थप समस्या हुने गरेको उनको भनाई  छ।

भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापतिले लोडसेडिङले स्वभाविक रुपमा उद्योग व्यवसायीहरुलाई नकारात्मक प्रभाव पार्ने गरेको बताए। विद्युतबिना उद्योग व्यवसाय सञ्चालन गर्न नसकिने भएकोले लोडसेडिङले व्यवसायीहरुलाई नकारात्मक असर पार्नु स्वभाविक भएको अध्यक्ष प्रजापतिको भनाई थियो।

भक्तपुर चेम्वर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धर अघोषित लोडसेडिङले थप समस्या पार्ने गरेको सुनाउँछन्। ‘पहिलापहिला घोषित लोडसेडिङ हुने भएकाले पहिला नै जेनेरेटर राखेर हुन्छ कि के गरेर हुन्छ काममा बाधा नपुग्ने गरी मिलाराखेको हुन्थ्यो, अध्यक्ष मानन्धरले भने, ‘तर अहिले अघोषित लोडसेडिंग हुँंदा केही पनि म्यानेज गरिगएको हुँंदैन। यसले बिजुली जाने बेला काम भई श्रम मात्रै खेर जाने गरेको छ।’

नेपाल विद्युत प्राधीकरण भक्तपुर वितरण केन्द्रका प्रमुख प्रज्ज्वलमान श्रेष्ठ हावाहुरीका कारण यस्तो समस्या आएको हुनसक्ने बताउँंछन्। छिनमा आउने र छिनमा जाने लोडसेडिङ यही कारणले हुने प्रमुख श्रेष्ठले जनाए। तर पीडितहरु भने हावाहुरी नआए पनि छिनछिनमा बिजुली जाने गरेको बताउँंछन्। विहान, राति जुनै बेला पनि जहिले पनि बत्ति जाने गरेको उनीहरु बताउँंछन्।

प्रकाशित: ४ असार २०७६ १४:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App