७ वैशाख २०८१ शुक्रबार
समाज

लोकसेवाको चारवटै निवेदन एकै इजलासमा हेरिने

काठमाडौं– सर्वोच्च अदालतमा लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादसम्बन्धी चार वटा रिट निवेदन एउटै इजलासमा राखेर हेर्ने भएको छ। न्यायाधीशद्वय हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले आज आयोगको स्थानीयत तहको विज्ञापनसम्बन्धी सबै विवाद एउटै इजलासमा सुनुवाइ गर्ने आदेश जारी गरेको हो।

मङ्गलबार न्यायाधीशद्वय दीपककुमार कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज लोकसेवा आयोगको सो विज्ञापनसम्बन्धी परेका चार वटै निवेदनलाई सँगै हेर्ने आदेश जारी गरेको थियो। मङ्गलबार एउटा निवेदनको सुनुवाइ भएको थियो। आज चारै रिटलाई सँगै राखेर एउटै इजलासमा हेरिने आदेश भएको हो।

आयोगले स्थानीय तहका विभिन्न पदका लागि गरेको विज्ञापनको विवादमा परेका चारवटै मुद्दामा सुनुवाइ भइसकेको छ। ती सबैलाई एकै ठाउँमा राखेर सुनुवाइ गर्ने हुनेछ। आयोगले गत जेठ १५ गते देशभरका ५ सय १५ स्थानीय तहका लागि भन्दै नौ हजार, १ सय ६१ सिटका लागि विज्ञापन गरेको थियो। जुन विज्ञापन समावेशी सिद्धान्तविपरीत भएको रिट निवेदनमा उल्लेख थियो। रासस

प्रकाशित: ४ असार २०७६ १४:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App