coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लोकसेवाले फाराम भर्ने समय थप्यो

काठमाडौं- लोकसेवा आयोगले स्थानीय तहका कर्मचारी मागका लागि आवेदन दिने समय थप गरेको छ। आज आयोग पदाधिकारी बैठकले असार १० गतेसम्म आवेदन दिने समय थप गरको हो।

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार असार १० गतेसम्म एकल दस्तुर तथा असार १७ गतेसम्म दोब्बर दस्तुरमा फाराम भर्ने सयम निर्धारण गरिएको छ। अनलाइन फाराम भर्दा आयोगको सर्भरमा अत्यधिक चाप भएकाले दरखास्त अपलोड गर्न कठिनाई भएका कारण म्याद थप गरेको उनले बताए। आज एकल दस्तुरमा फाराम भर्ने अन्तिम समय तथा दोब्बर दस्तुरमा असार १० गतेसम्म समय तोकेको थियो।

‘अत्यधिक आवेदनका कारण आयोगको सर्भरमा गत जेठ ३० गतेदेखि चाप बढेको थियो’, सुवेदीले भने। आयोगले ५१५ स्थानीय तहका लागि नौ हजार १६१ कर्मचारीको माग गरेको छ। अहिलेसम्म करीब एक लाख ७२ हजार ४४४ जनाले फाराम भरेका छन्। आवेदकले अनलाइन फाराम भर्नमा समस्या भएको भन्दै समय थप गर्न माग गर्दै आएका थिए।

प्रकाशित: ३ असार २०७६ १२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App