coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पौडी खेल्दा डुबेर तीन जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको सुरई खोलामा पौडी खेल्ने क्रममा डुबेर तीन युवाको मृत्यु भएको छ। जिल्लाको पश्चिमी क्षेत्रको शिवराज नगरपालिकाको सुरई खेलामा पौडी खेल्न गएका छिमेकी बिजयनगर गाउँपालिका–६ का ३ युवाको आज दिउँसो डुबेर मृत्यु भएको स्थानीयले जानकारी दिएका छन्।

स्थानीयका अनुसारका मृत्यु हुनेहरुमा आशिक भट्टराई, निराजन भुषाल र सुमित सुनार रहेका छन्। तीनै १८ वर्षदेखि २२ वर्षका रहेको भर्खरै घटना स्थलमा पुगेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ असार २०७६ ११:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App