५ वैशाख २०८१ बुधबार
समाज

कर्णाली नदीमा बेपत्ता यात्रुको हेलिकोप्टरबाट खोजी गरिँदै

काठमाडाैँ- कर्णाली नदीमा जीप खस्दा १५ जना भन्दा बढी वेपत्ता भएका छन्। हुम्लाको खार्पुनाथबाट गाउँपालिकाको केन्द्र याञ्चुतर्फ जाँदै गरेको लु१ज७१६६ नम्बरको जीप कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रमुख राजेन्द्रबहादुर सिंहले जानकारी दिए

वेपत्ताहरुको खोजीमा पाँच वटा हेलिकोप्टरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीजुटेका छन्।  जीपमा गाउँपालिकाका उपाध्यक्ष सिन्धु शाही हमालसहित १५ जना भन्दाबढी सवार थिए।

सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार बोलेरो जीप बेलरुख नजिकैबाट १२ः४५ बजे कर्णाली नदीमा खसेको छ। जीपमा सवार सबै यात्रु बेपत्ता भएका छन्।

प्रकाशित: ३ असार २०७६ ०९:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App