२५ असार २०७७ बिहीबार
समाज

जेभियर्स इन्टरनेश्नल कलेजका विद्यार्थी मृत फेला

काठमाडाैँ - बौद्धस्थित जेभियर्स इन्टरनेश्नल कलेजका एक जना विद्यार्थी खोलामा डुबेको अवस्थामा मृत भेटिएका छन् । गत  जेठ ३० देखि बेपत्ता तेह्रथुमका २४ वर्षीय स्वराम भेटवाल मृत भेटिएका हुन्।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईंले शैक्षिक भ्रमणका क्रममा कुलेखानी गएका वेला तीन ६ दिन्देखि हराइरहेका भेटवाल मृत फेला परेको बताए। उनका अनुसार तीन दिनपछि मार्फू नजिकै खोलामा डुबेको अवस्थामा भेटवालको शव भेटिएको हो।

कलेज प्रशासनको लापरबाही भएको भन्दै मृतकका आफन्तले सत्य, तथ्य छानविनको माग गरेका छन् । अहिले दुवै पक्षको छलफलपछि भेटवालको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पोष्टमार्टम भएको छ ।

प्रकाशित: ३ असार २०७६ १२:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App