coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सुत्केरीको मृत्यु भएपछि डडेलधुरा अस्पतालमा तनाव

सुत्केरीको मृत्यु पछि उनका आफन्तले चर्का नाराबाजी गर्दै सडक अवरुद्ध पारेको सदरमुकामको तुफानडाँडा चोक।

डडेल्धुरा - अप्रेसन गरेर शिशु जन्माएकी सुत्केरीको १४ दिनपछि मृत्यु भएपछि डडेलधुरा अस्पतालमा तनाव उत्पन्न भएको छ। जिल्लाको अमरगढी नगरपालिका–६ छचोडा गाउँका धर्मराज ताम्राकारकी २६ वर्षीया श्रीमती गीताको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको हो। शुक्रबार गीताको मृत्यु अस्पतालको लापरबाहीले भएको भन्दै मृतकका आफन्त र स्थानीयले डडेलधुरा अस्पताल र जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गरेका हुन्। आक्रोसित आफन्तले शनिबार बिहान जिल्ला प्रशासन कार्यालय समेत घेराउ गरेका छन्।

उपचारका नाममा ज्यान लिन पाइदैन, हत्यारालाई कार्वाही गर लगायतका नारा लगाउँदै महिलाहरुले प्रशासन घेराउ गरेका छन्। त्यस्तै पुरुषले सदरमुकाम तुफानडाँडा चोकमा टायर बाली सडक समेत अवरुद्ध गरेका छन्। बिहान १० बजे देखि मृतकका आफन्तले सडक अवरुद्ध पारेका छन्।

‘ब्लिडिङ’ नरोकिएपछि गीतालाई शुक्रबार परिवारले डडेल्धुरा अस्पताल भर्ना गरेका थिए। तर, उनलाई अस्पतालले बचाउन सकेन। अस्पतालको चरम लापरबाही रहेको आफन्तको दाबी छ। अप्रेसनमै लापरबाही गरेको र समस्या बल्झिँदै जाँदा पनि रेफर नगरेर त्यही राखेको आरोप परिवारको छ।

तर, अस्पतालले भने आफन्तको दाबी गलत भएको बताएको छ। गीतालाई १२ पिन्ट पउण्ड रगत दिएर रेफर गरिसकेको अवस्थामा उनको ज्यान गएकाले अस्पतालको लापरवाही भन्नु उचित नभएको अस्पताल प्रशासनको दाबी छ। मृतक गिताका श्रीमान स्वास्थ्यकर्मी हुन्। उनी नेपाल सरकारको अहेब पदमा अछाम जिल्लामा कार्यरत छन्। बिहीबार छोरा भएको १४ दिन पुगेपछि रगत बग्न थालेकाले उनी अस्पताल पुगेका थिए। अस्पतालका चिकित्सकले ४०–४६ दिन सम्म सामान्यतया रगत बग्ने भएकाले नआत्तिन सल्लाह दिएको उनका आफन्त बताउँछन्। शुक्रबार बढी नै रगत बगेपछि उनले श्रीमती गिता लाई अस्पताल पु-याएका थिए।

रगतको जोहो गरी शुक्रबार उनको उपचार गरिएको अस्पताल श्रोतको भनाई छ। गिता लाई १२ पिन्ट (१ पिन्ट बराबर तिन सय ५० एमएल) हुन्छ। अस्पताल श्रोत भन्छ। उनलाई चार हजार दुई सय एमएल अर्थात सवा चार लिटर रगत दिइएको थियो जुन स्वास्थ्यलाई पर्याप्त हो। तर पछि उनको मृत्यु भयो। उनले भने, यो सोच्न नै नसकिने घटना भयो।
उनको अवस्था नाजुक भएपछि अस्पतालका मेसुले हेलिकम्टरका लागी बारम्बर प्रयास गरेको उनी बताउँछन। तर हेलिकम्प्टर उपलब्ध हुन नसक्दा चाँडै रेफर गर्न नसकिएको उनको भनाइ छ।

अस्पतालले आफ्नो बचाउ गरे पनि आफन्तले दोषी चिकित्सकमाथि कारबाही, शिशुको जीवनरक्षा र उचित क्षतिपूर्तिको माग राखेर आन्दोलन गरेका छन्। आक्रोसित आफन्तले अस्पताल परिसरमा ढुंगामुढा समेत गरेका छन्। पीडित पक्ष आक्रोसमा आएपछि शनिबार बेलुकी केहीबेर प्रहरीसँग झडप समेत भएको थियो। ढुंगामुढाबाट अस्पतालमा आंशिक क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले घटनाबारे छानबिन गरेर दोषीमाथि कारवाही गर्ने सहमति भएको बताए। जिल्ला समन्वय समिती प्रमुख गणेशराज भट्टको गाउँ वडा नं. ६ को घटना भएकाले उनीसहित अमरगढी नगरप्रमुख, उपप्रमुख, नेकपा नेपाली कांग्रेसका नेतासहित मृतकका आफन्छसंग शुक्रबार रातभरीको छलफलपछि शनिबार बिहान तीन बुँदे सहमती भएको थियो। उनले भने, घटनाको छानबिन गर्न मन्त्रालय स्तरबाट समिति खटाउने, मृतकको पोष्टमार्टम पनि मन्त्रालय स्तर बाटनै फरक चिकित्सक बोलाई गर्ने र नाबालकको जीवन रक्षाका लागी उचित क्षतीपुर्ती दिने सहमती भएको थियो। तर बिहान १० बजे महिला र पुरुषको फरक फरक जुलुस सदरमुकाम पुग्यो। अगुवाहरुबीच एक खालको सहमती भएको थियो।तर सहमतिपछि पनि आन्दोलन जारी छ।

प्रकाशित: ३२ जेष्ठ २०७६ ०५:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App