२६ असार २०७७ शुक्रबार
समाज

लागुऔषधसहित १ विदेशी नागरिक पक्राउ

काठमाडौ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागुऔषध चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने अमेरिकी नागरिक विलियम हिरोन भएको महानगरीय प्रहरीले जनाएको छ।

विलियम आज बिहान १० बजे नेपाल एयरलाईन्सको बैङकक आरए ४०१ को उडानबाट बैङकक हुदै अमेरिका जान लागेका थिए।

विमानस्थलको डिपाचर एटु एक्स–रे होल्ड व्यागेजमा ब्याग चेकजाँच गर्दा उनको लगेजमा चरेस फेला परेको थियो। अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको र कानूनी प्रकृया अघि बढाएको महानगरीय प्रहरीले जनाएकाे छ।

    

 

 

 

 

प्रकाशित: ३१ जेष्ठ २०७६ १६:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App