coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विभिन्न घटनामा दुइ जनाको मृत्यु, एक बेपत्ता

सिन्धुली– जंगली हात्तीको आक्रमणबाट सिन्धुलीमा एक महिलाको ज्यान गएको छ। कमलामाई नगरपालिका–८ पाथिपरान रातुझोरा बगरमा जंगली हात्तीको आक्रमणमा पाथिपरान मगरटोल सिरान बस्ने विरबहादुर रानामगरको ३५ वर्षकी श्रीमती सितामाया रानामगरको ज्यान गएका हो। सिन्धुली सदरमुकामबाट घर फर्कने क्रममा उनलाई रातुझोरा बगरमा जंगली हात्तिले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

त्यस्तै विहिबार साँझ चट्याङले सिन्धुलीको दुधौली नगरपालिका–१ हत्पते गिचियानीका ४० वर्षीय भिमनाथ कुमरको ज्यान गएको छ। बाख्रा चराएर घर फर्कने क्रममा कुमरलाई बाटोमै चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लोकदर्शन थापाले जानकारी दिए।

यसैगरि सुनकोसी नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन्। काठमाडौंबाट कुशेश्वर महादेव मन्दिरको दर्शन गर्न साथीसँगै यहाँ आएका काठमाडौं किर्तिपुर बस्ने अन्दाजी ३० वर्षीय अमृत लामा पौडी खेल्नेक्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रकाशित: ३१ जेष्ठ २०७६ ०९:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App