२५ श्रावण २०७७ आइतबार
समाज

डाउण्डसिण्ड्रोम शिशुलाई मातृत्व अभाव

काठमाडौं – उनी जन्मेको तीन महिना नाघिसक्यो। न आमाको काख, न घरको बास। उनलाई अधिकांश समय नर्सहरुले नै हेरचाह गरिरहेका हुन्छन्। खुवाउने, पियाउने सबै काम नर्सले नै गर्छन्। मेडिसिटी अस्पतालको जनरल वार्डमा हुर्किरहेका डाउनसिण्ड्रोम भएका शिशुको कथा हो यो। शिशु हुन् नेपाल जनता दलकी पूर्वसांसद गायत्री साहको। साहले फागुन २८ गते सो अस्पतालमै छोरा जन्माएकी थिइन्। चिकित्सकका कमजोरीले अस्वस्थ्य शिशु जन्मेको आरोपमा साह दम्पत्तिले शिशु लिन नमान्दा शिशुको अस्पतालमै बास भएको हो।

साह अस्पताल पुगेर बेलाबेला शिशुलाई दूध खुवाउने गर्छिन्। अस्पतालमा कुरुवा बस्ने व्यवस्था नभएकाले राति घरै फर्किन्छन्। अस्पतालमा हुनुपर्ने उपचार सकिए पनि साह दम्पत्तिले शिशु लान नमान्दा उनको बास अस्पतालमै भएको हो। ‘हामीले पटकपटक डिस्र्चाज भएको जानकारी गरायौं तर उहाँहरुले लान मानिरहनु भएको छैन,’ अस्पताल प्रशासक पंकज बाँस्कोटाले भने। अस्पतालमा शिशु वार्ड छैन। जनरल वार्डमा रोगको संक्रमण हुने भएकाले घर लैजानु उचित हुने बास्कोटा बताउँछन्।

साह दम्पत्तिले बच्चा लान नमानेपछि अस्पताल प्रशासनले ललितपुर प्रहरीलाई खबर ग¥यो। त्यसपछि प्रहरीले साह दम्पत्तिलाई फौजदारी मुद्दा चलायो। सो क्रममा साह दम्पत्ति दश दिन थुनामा पनि परे। पछि बच्चाकी आमा गायत्री साहलाई बच्चा हेरचाहका लागि रिहा गरियो भने पिता राजेश महतो धरौटीमा छुटेका छन्।

वच्चाको सन्दर्भमा शाह दम्पत्तिले अहिले पनि पुरानै अडान दोहो-याएका छन्। उनीहरुले अस्पतालकी स्त्रीरोग विभाग प्रमुख डा. नीरासिंह श्रेष्ठले गर्भ जाँच गराउँदा शिशुको डाउनसिण्ड्रोम जाँच नगरेका कारण असमान्य शिशु जन्मिएको अस्पतालले शिशुको जीवनभर उपचार गर्नुपर्ने र गर्भजाँच गर्ने चिकित्सकलाई कारबाही हुनुपर्ने माग राखेका छन्।
‘कि चिकित्सकलाई कारबाही गर्नु प-यो कि शिशुको उपचारको जिम्मेवारी लिनु प-यो,’ पिता महतोले भने। प्रसूति गराउन मात्र अस्पताल आएकाले आफ्नो दोष नरहेको अस्पतालको दाबी छ। अस्पताल आउँदा डाउनसिण्ड्रोम परीक्षण गर्ने समय बितिसकेको थियो।

‘गल्ती भएमा कानुनी उपचारमा जान सकिन्छ,’ प्रशासक बास्कोटाले भने, ‘असमान्य शिशुको चौविसै घण्टा आमासँग खेल्ने र दूध खाने अधिकार हुन्छ। उहाँहरु नियमित आइरहनु भएको छैन।’ गर्भमै डाउनसिण्ड्रोम जाँच गर्न सकिने भए पनि कतिपय अवस्थामा जाँचबाट पनि सो थाहा नहुने विज्ञहरु बताउँछन्। त्रिवि शिक्षण अस्पतालका प्राध्यापक तथा स्त्रीरोग विशेषज्ञ डा. पदमराज पन्तले भने, ‘जाँचबाट सय प्रतिशत नै थाहा हुँदैन।’ यसका लागि गर्भ भएको ११÷१२ हप्तादेखि १६÷१७ हप्तासम्म नियमित जाँच गर्नुपर्छ र यसका लागि विभिन्न जाँच गरिन्छ।

बास्कोटाले अर्को ६ महिनासम्म आमाकै दूध मात्र खुवाउनु पर्ने पोषण अधिकारबाट पनि बच्चा वञ्भिचत भएको छ। ‘मुद्दा चल्दै गथ्र्यो। बच्चाले आमासँग सुत्न र दूध खान पाउने अधिकार त दिनुपथ्र्यो,’ बास्कोटाले भने। चिकित्सकका अनुसार डाउनसिण्ड्रोम भएका बालबालिकाहरु मानसिक रुपमा सुस्त भए पनि आमाबुवा चिन्ने क्षमता राख्ने भएकाले आमाको काख अनिवार्य हुन्छ। डाउनसिण्ड्रोम सोसाइटी नेपालकी अध्यक्ष शिला थापाले अविभावकको विवादले बच्चालाई अस्पतालमा राख्नु नहुने बताइन्।

‘जस्तो सुकै अवस्थामा जन्मेको बच्चाको पहिलो अधिकार भनेको आमाको काख र स्तनपान हो’अध्यक्ष थापाले भनिन्। थापाका अनुसार डाउनसिण्ड्रोम भएको बच्चालाई जन्मिसकेपछि राज्य र परिवार दुवैले हेयको भावनाले व्यवहार गर्न नहुने बताइन्। परिवारले दिने वातावरणको आधारमा उनीहरुको खुशी र क्षमता विकास हुने हुनाले आमाले जसरी हुन्छ घरैमा लैजाने वातावरण मिलाउनु पर्ने सुझाव दिइन्।

प्रकाशित: ३१ जेष्ठ २०७६ ०९:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App