४ वैशाख २०८१ मंगलबार
समाज

हेलमेट नलगाई ३/३ जना चढेको दुई मोटरसाइकल आपसमा जुध्दा...

सर्लाही– जिल्लास्थित छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। हरिपुर नगरपालिका–७, चिताईनमा बुधबार राती दुइटा मोटरसाइकल आपसमा जुध्दा दुबै चालकको मृत्यु भएको छ। 

हरिपुरबाट बयलवासतर्फ जाँदै गरेको ना. २५ प ६९२२ नम्वरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज. ५ प ७८८६ नम्वरको मोटरसाइकल ठोक्किँदा चालकहरु ईश्वरपुर नगरपालिका–१५ निवासी ३० वर्षीय अनिल चौधरी तथा लालबन्दी नगरपालिका–३ निवासी ३५ वर्षीय अशोक चौधरीको मृत्यु भएको हो। 

मोटरसाइकल पछाडी बसेका ईश्वरपुर नगरपालिका–१४ निवासी १७ वर्षीय धीरेन्द्र चौधरी, लालबन्दी नगरपालिका–४ निवासी २१ वर्षीय सन्तोष चौधरी गम्भीर घाइते भएका छन् भने ईश्वरपुर नगरपालिका–१५ निवासी २१ वर्षीय अक्षय चौधरी एवं सोही ठाउँका २१ वर्षीय रामबाबु चौधरी सामान्य घाइते भएका छन्। गम्भीर घाइते धिरेन्द्र र सन्तोषलाई सदरमुकाम मलंगवामा प्राथमिक उपचार पश्चात थप उपचारका लागि राती नै वीरगंजतर्फ रेफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

राती साँढे १० बजे भएको दुर्घटनामा गम्भीर घाइते अनिल र अशोकको उपचारका क्रममा विहिबार बिहान ३ बजे सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। तीन–तीन जना चढेको  मोटरसाइकल तीव्र गतिमा रहेको र सानो बाटो भएकाले एकआपसमा ठोक्किएको प्रहरीले अनुमान गरेको छ। दुर्घटनामा मृत्यु भएका दुवै मोटरसाइकल चालकले हेल्मेट समेत नलगाएको प्रहरीले जनाएको छ। 

त्यस्तै बिहीबार बिहान सदरमुकाम मलङ्गवामा टेम्पु पोखरीमा खस्दा एक जनाको मृत्यु भएको छ। ना. २ ह १२२३ नम्वरको टेम्पु अनियन्त्रित भइ मलङ्गवा नगरपालिका–९, बसपार्क नजिक रहेको पोखरीमा खस्दा एक यात्रुको मृत्यु भएको हो। दुर्घटनामा बरहथवा नगरपालिका–५ घरभइ मलङ्गवा नगरपालिका–४ मा डेरा गरी बस्ने ३५ वर्षका रवी मेस्तरको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रकाशित: ३० जेष्ठ २०७६ १३:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App