८ वैशाख २०८१ शनिबार
समाज

दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुबै चालकको मृत्यु

सर्लाही - सर्लाहीको हरिपुर नगरपालिका–७, चिताईनमा बुधबार राति दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। हरिपुरबाट बयलवास जाँदै गरेको ना २५ प ६९२२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज ५ प ७८८६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुबै मोटरसाईकलका चालकको मृत्यु भएको छ।

ना २५ प ६९२२ नम्बरको मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका–१५ का ३० वर्षीय अनिल चौधरी र ज ५ प ७८८६ नम्बरको मोटरसाइकलका चालक ईश्वरपुर नगरपालिका–१४ का ३५ वर्षीय अशोक चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। बुधबार राति साढे १० बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते भएका चौधरीद्वयको जिल्ला अस्पताल मलङ्गवामा उपचारका क्रममा बिहिबार बिहान ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाका घाइतेमध्ये लालबन्दी नगरपालिका–४ का २१ वर्षीय सन्तोष चौधरी र ईश्वरपुर नगरपालिका–१४ का १७ वर्षका धीरेन्द्र चौधरीलाई थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको छ। सामान्य घाइते ईश्वरपुर नगरपालिका–१५ का २१ वर्षीय अक्षय चौधरी, सोही ठाउँका २१ वर्षीय जुगल चौधरी उपचारपछि घर फर्किएका छन्। दुर्घटनाको कारण खुल्न सकेको छैन्। दुबै मोटरसाईकलमा तीनतीनजना चढेको र तीब्र गति रहेकाले दुर्घटना भएको अनुमान गरिएको छ।

प्रकाशित: ३० जेष्ठ २०७६ ०२:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App