४ वैशाख २०८१ मंगलबार
समाज

कारको ठक्करबाट सेनाका सेनाका लेस नायकको मृत्यु

काठमाडौं – भिमफेदी गाउँपालिकाको सुपारेटार ब्यारेक नजिकै मोटरसाइकललाई कारले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। काठमाण्डौबाट हेटौँडातर्फ आउँदै गरेको बा ७ च ३८४८ नम्बरको कारले हेटौँडाबाट भैसेतर्फ गइरहेको बा ४१ प ५३८१ नम्बरको मोटरसाइकललाई बुधबामर राति ठक्कर दिँदा  मोटरसाइकल चालक  सुपारेटार ब्यारेकका लेस नायक पदमा कार्यरत सोही ठाउँका अन्दाजी ३० वर्षीय विवेश तामाङको मृत्यु भएको हो।

कारको ठक्करबाट गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक यज्ञ प्रसाद भट्टराइले जानकारी दिए। मोटरसाइकललाई ठक्कर दिने कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

 

प्रकाशित: ३० जेष्ठ २०७६ ०१:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App