१६ चैत्र २०८० शुक्रबार
समाज

ढिस्कोले पुरिएर एकको मृत्यु, एक घाइते

भक्तपुर– भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–६ कुण्डोलमा घरको जग हाल्ने क्रममा ढिस्कोले पुरेर मंगलबार एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। सिन्धुपाल्चोक घर भई हाल कुण्डोलस्थित अम्मरबहादुर पराजुलीको निर्माण गर्न लागेको घरको जग हाल्ने क्रममा माटोको ढिस्को पल्टिन गई उक्त घरमा काम गर्ने २ जना मानिसहरु घाईते भएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार उपचारका लागी मध्यपुर ठिमी अस्पताल भक्तपुर लगिएकोमा सिन्धुपाल्चोक घर भई हाल पुरानो ठिमी बस्ने अन्दाजी वर्ष ३५ की रोजनी खड्काको उपचारकै क्रममा मृत्यु भएको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले बताए।

घाइतेमध्ये सिन्धुपाल्चोक घर भई हाल सोही स्थान बस्ने वर्ष ३८ को दावा तामाङको मध्यपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनायो । घटनास्थलमा महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट प्रहरी टोली खटी गई अनुसन्धान कार्य भईरहेको जनाइएको छ।

 

प्रकाशित: २८ जेष्ठ २०७६ १५:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App