८ वैशाख २०८१ शनिबार
समाज

छोरीलाई यौन शोषण गरेको आरोपमा उच्च सरकारी अधिकारी पक्राउ

काठमाडौं- छोरीलाई यौन शोषण गरेको आरोपमा एक उच्च सरकारी अधिकारी पक्राउ परेका छन्। भौतिक योजना तथा पूर्वाधार मन्त्रालयमा उपसचिव रहेका उनलाई प्रहरीले सोमबार राति धोविघाटबाट पक्राउ गरेको हो। ललितपुर प्रहरीमा घर परिवारबाटै उनको विरुद्धमा उजुरी परेको थियो।

 १८ वर्षीया छोरीलाई उनले पटक पटक जबरजस्ती गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। पक्राउ परेका अधिकारीबारे अनुसन्धान भइरहेको ललितपुर प्रहरी प्रमुख रवीन्द्र धानुकले बताए।

४५ वर्षिय बाबुले डर धम्की देखाउँदै जबर्जस्ती गर्दै गर्दै आएको उजुरीमा उल्लेख छ।

 

प्रकाशित: २८ जेष्ठ २०७६ ०९:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App