५ वैशाख २०८१ बुधबार
समाज

जबरजस्ती करणी आरोपमा युवा पक्राउ

उदयपुर– बालिकामाथि जबरजस्ती गरेको आरोपमा उदयपुरका एक युवा पक्राउ परेका छन्। १३ वर्षीया बालिकामाथि जबरजस्ती गरेको आरोपमा जिल्लाको चौदण्डीगढी नगरपालिका–४ का ३६ वर्षीय देवकुमार राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रहरीका अनुसार खोटाङ जिल्ला खोटेहाङ गाउँपालिका स्थायी घर भई चौनपा–४ बेल्टारमा आफन्तको घरमा बस्दै आएकी बालिकामाथि राईले ४ दिनअघि जबरजस्ती गरेको आरोपमा परेको जाहेरीका आधारमा पक्राउ गरिएको हो। पीडितका आफन्तले दिएको जाहेरीअनुसार राईले बालिकालाई ललाइफकाइ २२ गते राति साढे ११ बजेको समयमा बालिकालाई जबरजस्ती गरेर भागेको आरोपमा पक्राउ गरिएको हो।

घट्नाबारे पीडितका आफन्तले २४ गते दिउँसो दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय बेल्टारबाट खटेको संयुक्त टोलीले राईलाई नियन्त्रणमा लिएको हो। उनीमाथि जिल्ला अदालतबाट म्याद थपी आवश्यक कारबाहीका लागि प्रक्रिया अघि बढाइएको जनाइएको छ।
 

प्रकाशित: २७ जेष्ठ २०७६ ०६:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App