७ आश्विन २०७७ बुधबार
समाज

विवाहको आश देखाएर करणी, एक पक्राउ

सांकेतिक तस्बिर

विराटनगर– विवाहको आश्वासन देखाई एक युवतीलाई करणी गरेको अभियोगमा मोरङ प्रहरीले एक युवकलाई पक्राउ गरी यहाँ आज सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार विराटनगर–१२ घर भई विराटनगर–१० सोमबारे हटिया नजीकै बहालमा बस्ने २५ वर्षीय विवेक भन्ने दिव्य पौद्धारलाई मोरङ प्रहरीले पक्राउ गरेको हो। निजले विराटनगर–१४ की १६ वर्षीया एक युवतीलाई विवाह गर्छु भनी ललाइफकाई गत वैशाख १० गते कोठामा लगी करणी गरेका थिए।

पीडितका परिवारले दिएको उजुरीका आधारमा पौद्धारलाई जेठ २३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रवक्ता प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए। आरोपी पौद्धारको आठ वर्षअघि विवाह भएको थियो। निजलाई जिल्ला अदालत मोरङबाट जबर्जस्ती करणी कसुरअन्तर्गत म्याद थप गरी थप अनुसन्धान भइरहेको छ प्रहरीले जानकारी दिएको छ। रासस

प्रकाशित: २६ जेष्ठ २०७६ १९:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App