coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एक गाँउ एक प्राविधिकलाई उपेक्षा नगर्न आग्रह

सिन्धुली- कृषि तथा भेटनरी प्राविधिक हकहित संरक्षण समिति सरकारले आफुहरुलाई बेवास्ता नगर्न आग्रह गरेको छ। एक गाँउ एक प्राविधिकको अवधारणा अनुसार सरकारले आफुहरुलाई नियुक्त गरि खटाएकाले आन्तरिक परीक्षा गरेर स्थायी गर्नुपर्ने उनिहरुले माग राखेका छन्।

कृषि तथा भेटनरी प्राविधिक हकहित संरक्षण समिति प्रदेश अध्यक्ष जयन्त कार्कीले सरकारले एक गाँउ एक प्राविधिकको व्यवस्था गर्ने निति लिएपनि त्यो अनुसार बजेट सिलिङ नपठाउदा समस्या भएको बताए। 'हामीलाई स्थानीय तहबाटै तलब भत्ता खाने व्यवस्था मिलाउनु भन्ने छ, तर अर्थमन्त्रालयबाटै छुट्टिएर आउनुपर्छ भन्ने हाम्रो माग हो', उनले भने, 'हामीलाई सरकारले उपेक्षा नगरोस्।' आफुहरुको संगठन केन्द्र प्रदेश हुदै जिल्लासम्म भएको भन्दै सयौ प्राविधिक नगरपालिका तथा गाँउपालिकाका वडाहरुको विकट गाँउमा गएर सेवा दिएको उनले जनाए।  

प्रकाशित: २६ जेष्ठ २०७६ ०९:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App