१६ चैत्र २०८० शुक्रबार
समाज

बलात्कारको आरोपमा वडा सदस्य जेल चलान

ओखलढुंगा– बलात्कार आरोपमा पक्राउ परेका ओखलढुंगाका एक जना वडा सदस्य जेल चलान भएका छन्। लिखु गाउँपालिका–३ का वडा सदस्य विष्णु श्रेष्ठलाई शुक्रबार जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएसँगै उनी जेल चलान भएका हुन्। 

अदालतको आदेश सँगै वडा सदस्य श्रेष्ठलाई कारागार पठाईएको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले जानकारी दिए। वडा सदस्य श्रेष्ठ विरुद्ध परेको मुद्दाको विषयमा अनुसन्धान सकिएपछि पूर्पक्षका लागि जेल चलान गरिएको प्रहरी प्रमुख मल्लको भनाई छ। अब अदालतले उनलाई के कति सजाय दिने भन्नेबारे फैसला गर्न बाँकी छ। 

वडा सदस्य श्रेष्ठ आफैले नर्मदेश्वरमा सञ्चालन गरेको ईटा कारखानामा काम गर्ने एक कामदार युवतीलाई कारखानामै गत चैत ७ गते बलात्कार गरेको भन्दै चैत ९ गते उजुरी परेको थियो। पीडित युवती आफैंले जिल्ला प्रहरी कार्यालयमा पुगेर उजुरी दिएकी थिइन्। 
बलात्कारको आरोप लागेपछि वडा सदस्य श्रेष्ठ चैत ७ गते देखी नै आफुले प्रयोग गर्ने फोन बन्द गरेर सम्पर्कबिहीन भएका थिए। त्यसको २ महिनापछि प्रहरीले सदरमुकाम आउँदै गर्दा हर्कपुरबाट उनलाई पक्राउ गरेको थियो। श्रेष्ठ स्थानीय निर्वाचनमा नेकपाबाट वडा सदस्यमा निर्वाचित भएका थिए।

प्रकाशित: २५ जेष्ठ २०७६ १५:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App