coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु दुई घाइते

रुकुम– ट्याक्टर दुर्घटना हुँदा सल्यानमा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। जिल्लाको त्रिवेणी गाउँपालिका ३ चिनेरीखोलामा भएको ट्याक्टर दुर्घटना हुँदा लुहामका ३५ वर्षीय केशर खड्काको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।

त्रिवेणी गाउँपालिका ३ ढुंगेबगरबाट ढुंगा ल्याएर लुहाम आउँदै गरेको भे १ त २२६९ नम्बर ट्याक्टर दुर्घटना हुँदा त्रिवेणी गाउँपालिका ६ लुहामका १८ वर्षीय सहचालक जीवन भण्डारी र वडा ३ का २४ वर्षीय प्रेमबहादुर बुढा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरिक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए। घाइते दुवैको श्रीनगरस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको उनले बताए। दुर्घटनाको कारण खुल्न नसकेको र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको डिएसपी शाहीको भनाई छ।

प्रकाशित: २५ जेष्ठ २०७६ ०७:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App