coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चोपाइ संस्कृति किसानको उत्सव

कनकासुन्दरीको ज्युलामो चोपाइ गरिदै: डिबी /नागरिक

जुम्ला - गत मंसिरमा कनकासुन्दरी गाउँपालिका मधुशंकर उपाध्यायको नाति जन्मियो। नातिको नाम ओस्कर उपाध्याय राखियो। गाउँले भन्न थाले, ‘अब यो वर्ष चोपाई गर्नुपर्छ। एकआपसमा रमाईलो गर्नुपर्छ।’ चोपाई गरेमा नयाँ जन्मेको बच्चाको दिघार्यु हुने जनविश्वास छ। गाउँलेको दबाव थेग्न नसकेर उनले यसै साता खेतमा चोपाई गरे। चोपाईमा झण्डै ४० जना रोप्नेरी जम्मा भएका थिए। हली खेताला गरेर १० जना जति थिए। अनी हेर्ने दर्शक पुरै गाउँले। कनकासुन्दरीको लुड्कु ज्युलो निकै रमाईलो थियो।

बाजे मधुशंकरले भने,‘चोपाइ नयाँ बच्चा जन्मदा, बिवाह र ब्रतबन्ध लगायतको खुसीयालीमा चोपाई हुन्छ। यो यहाँको परम्परागत संस्कृतिको उपज हो। ’चोपाइ गर्दा घरपरिवार नै खुसी हुनुका साथै सिंगो गाउँलेले नै उत्सव मनाए। गाउँलेलाई खेतवारीमा बोलाएर चोपाइ गर्ने चलन छ। स्थानीय तुंगनाथ उपाध्याय चोपाई संस्कृति किसानको उत्सव भएको बताउँछन्। यो रोपाइका बेला गरिने चोपाइ किसानको उत्सव हो।  एकआपसमा रमाईलो गर्छन्। खेतवारीमै नाँचगान देखि सांस्कृतिक प्रस्तुती प्रस्तुत गर्छन्।

यो सदियौँ देखिको परम्परा हो। यसमा पञ्चेबाजा, दमाहा,झ्याली र सुनाई लगायतका बाजागाजा बजाउँछन्। यो चोपाइ हराउदैन्,बरु परस्कृत हुदै गईरहेको उनी बताउँछन्। चोपाइमा नयाँ परिमार्जन हुन सकेको छैन् , पुर्खाहरुले दिदै आएको निरन्तरता कायमै छ। चोपाइमा ईष्ट मित्र, आफन्तजन बोलाएर एक आपसमा शुभकामना आदान प्रदान गरिन्छ। रोपाइ संगै चोपाइ गर्छन्। अन्तिममा रोप्ने खेतमा पुल्ती (धानको बीउको मुठ्ठा) बनाईन्छ। नयाँ जन्मेको शिशुलाई पुल्ती वरिपरि घुमाईन्छ । उनका अनुसार पहिले दास, दासीले हलि बाउँसेको काम गर्ने गरेकोमा अहिले स्थानीय युवाले नै गर्दै आईराखेका छन्।
माओवादी युद्धका क्रममा झण्डै १० वर्ष चोपाइ रोकियो। माओवादीले सामाजिक परम्परा माथि नै बन्देज गरेका थिए। तर दस वर्ष पछि पुरानै अवस्थामा चोपाइ हुदै आएको छ। पुल्ती राखेको स्थानवाट हिलो झिकेर अनुहारमा लगाउँछन्। दुलाहलाई हिलोमा चोप्छन्। क्रमशः आफन्तजन युवा, युवती एक आपसमा हिलोमा चोप्ने चलन छ।

हेर्न आउने पाहुुनालाई पुरी, तरकारी, हलुवा, अचार र मिठाई दिने चलन छ। रोपाहरुले माग, देउडा, चुड्कीला, लोकगित आ आफ्नै प्रकारले गाएर रमाईलो गर्छन्। सिँजा क्षेत्रका हिमा, कनकासुन्दरी र सिँजा गाउँपालिकामा चोपाइ संस्कृति चलेको छ। पछिल्लो समयमा जिल्ला भर चोपाइ गर्ने परम्परा बसेको छ। चोपाइमा खुसीयाली भोजक खुवाईन्छ।

प्रकाशित: २५ जेष्ठ २०७६ ०५:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App