coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नक्कली रुपैयाँसहित दुई पक्राउ

रौतहट – दुई लाख नक्कली रुपैयाँसहित दुईजना पक्राउ परेका छन्। प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कटहरिया नगरपालिका–७ का ६१ वर्षीय जियालाल महतो र मौलापुर नगरपालिका–७ का ४० वर्षीय बिहारी साह रहेका छन्।

कटहरिया बजारमा दुवैजनालाई प्रहरीले शंका लागी चेकजाँच गर्दा एक हजार दरका दुई सय नक्कली नेपाली नोट बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेपछि महतो र साहले आफूहरूलाई कटहरियासम्म नोट पु-याउने जिम्मा दिइएको बयान दिए। उनीहरूले बाराको आदर्श कोतवाल गाउँपालिका–६ का २५ वर्षीय आनन्द कुशवाहा र बाराकै सिम्रौनगढ नगरपालिकाका ३५ वर्षीय मनोज साह तेलीको रुपैयाँ भएको प्रहरीसमक्ष बयान दिएको रौतहट प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नवीन कार्कीले बाराका आरोपित दुवैजना फरार रहेको र खोजी अनुसन्धान भइरहेको बताएका छन्। बजारमा नक्कली नेपाली रुपैयाँ अझै पनि हुन सक्ने सम्भावना भएकोले त्यस्तो फेला परे तत्काल प्रहरीसमक्ष जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ।

प्रकाशित: २५ जेष्ठ २०७६ ०२:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App