१५ चैत्र २०८० बिहीबार
समाज

दुई लाख नक्कली रुपैयाँसहित दुई पक्राउ

रौतहट– दुई लाख नक्कली नेपाली रुपैयाँसहित रौतहटमा दुई जना पक्राउ परेका छन्। प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले दुई लाख नक्कली नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कटहरिया नपा ७ का ६१ वर्षीय जियालाल महतो र मौलापुर नपा ७ का ४० वर्षीय बिहारी साह रहेका छन्।

कटहरिया बजारमा दुवै जनालाई प्रहरीले शंका लागि चेकजाँच गर्दा एक हजार दरका दुई सय नक्कली नेपाली नोट बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेपछि महतो र साहले अनुसन्धानको क्रममा आफूहरुको नोट नभई बाराका दुई जनाले आफूहरुलाई कटहरियासम्म नोट पु-याउने जिम्मा दिएको बयान दिएका छन्।

बाराको आदर्श कोतवाल गापा ६ का २५ वर्षीय आनन्द कुशवाहा र बाराकै सिम्रौनगढा नपाका ३५ वर्षीय मनोज साह तेलीको रुपैया भएको र दुवैले आफूहरुलाई भरिया बनाइ पठाएको प्रहरीसमक्ष बयान दिएको रौतहट प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नवीन कार्कीले बाराका आरोपित दुवैजना फरार रहेको र खोजी कार्य जारी रहेको बताए।

बजारमा नक्कली नेपाली रुपैयाँ अझै पनि हुन सक्ने सम्भावना भएकोले नक्कली नेपाली रुपैयाँ फेला परेमा तत्काल प्रहरी समक्ष जानकारी गराउन र नक्कली नेपाली रुपैयाँको सन्दर्भमा सबैलाई सचेत रहलन प्रहरीले अनुरोध पनि गरेको छ।

प्रकाशित: २४ जेष्ठ २०७६ १०:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App