८ वैशाख २०८१ शनिबार
समाज

गाँजासहित जनप्रतिनिधि पक्राउ

पर्सा - पकाहामैनपुर गाउँपालिका कार्यपालिका सदस्य गाँजासहित पक्राउ परेका छन्। वडा नम्बर १ डोरेबाट निर्वाचित बालिस्टर सहनीलाई शुक्रबार बिहान गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

करिब सात किलो गाँजासहित पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान सुरु गरिएको  जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक लक्ष्मण गीरीले जानकारी दिए। उनीसँगै अरु पनि केही ब्यक्ति पक्राउ गरिएको र सो बारे विस्तृत जानकारी आजै दिउँसो प्रेस विज्ञप्ति जारी गरेर सार्वजनिक गरिने प्रहरी निरीक्षक गिरीले बताए।

प्रकाशित: २४ जेष्ठ २०७६ ०३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App