coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

माटो परीक्षण गर्दै जन्तेढुंगा गाउँपालिका

खोटाङ – खोटाङको जन्तेढुंगा गाउँपालिकामा माटो परीक्षण सुरु गरिएको छ। गाउँपालिकाभित्रका हरेक ठाउँका माटोको अवस्था र उर्वराशक्ती बारे जानकारी लिएर सोही अनुशारको बालीनालीको खेतीका लागि माटोको परीक्षण सुरु गरिएको हो। विभिन्न ठाउँका माटोमा भएका खाद्य तत्वको मात्राका बारेमा जानकारी लिएर सोही अनुशारको कृषि व्यवसाय सञ्चालनका लागि माटो परिक्षण सुरु गरिएको जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंकर राईले बताए।

गाउँपालिकाभित्रका प्रत्येक ६ वडाका माटोको प्रकृति पत्ता लगाएर सो स्थानमा उत्पादन हुने उपयुक्त कृषि बाली सिफारिसका लागि जेठ १९ गतेदेखि किट बक्स विधि प्रयोग गरेर माटो परीक्षण सुरु गरिएको हो। माटो तथा मल परीक्षण प्रयोगशालाको कार्यालय झुम्काको प्राविधिक टोलीको सहयोगमा हरेक वडामा दुई लगाएर माटोमा भएको नाईट्रोजन, फस्फोरस, पोटास, प्रांगारिक पदार्थ एवं माटोको पिएच मापनको काम भइरहेको छ। कृषि क्षेत्रलाई व्यवस्थित गर्नका लागि निर्माण भइरहेको कृषि गुरुयोजना अन्तर्गत माटो परिक्षणको काम शुरु गरिएको गाउँपालिकाले जनाएको छ। माटो परीक्षणसँगै किसानलाई माटोको प्रकृति अनुशार उपयुक्त बालीनाली लगाउनका लागि प्रमाण–पत्र प्रदान समेत दिइएको छ।

हरेक वडाका दुई सय किसानले ल्याएका फरक–फरक दुई सय स्थानको माटो परीक्षणका काम भइरहेको अध्यक्ष राईले बताए। ‘जुनसकै ठाउँमा कृषि व्यवसाय थाल्नु अगाडि त्यस ठाउँको माटोमा बिरुवाका लागि आवश्यक पोषकतत्वको मात्रा थाहा पाउन जरुरी रहेछ,’ अध्यक्ष राईले भने, ‘कहाँको माटोको खाद्यतत्व कति छ, पिएच कति छ र कुन किसिमिका बालीनाली लगाउन उपयुक्त हुन्छ भन्ने थाहा पाउनका लागि माटो परीक्षणको काम थालिएको हो।’ माटोमा भएका उर्बराशक्तीलाई थप बिग्रन नदिनका लागि सुधारका काम गर्न पनि परीक्षण उपयोगी हुने प्राविधिक टोलीको भनाई छ।

प्राविधिकको टोलीले बालीनालीका लागि आवश्यक पर्ने खाद्य तत्वका बारेमा पहिचान गरेर सुहाउँदो मल, बिउ एबं विषादी प्रयोगका बारेमा समेत कृषकहरुलाई सिफारिस गरिरहेको छ। कृषि क्षेत्रको व्यवसायीकरणको लक्ष्यकासाथ गाउँपालिकाले प्राथमिकताका साथ काम गरिरहेको जनाएको छ।

प्रांगारिक खेतीमा जोड

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिकाका १५ वडालाई प्रांगारिक कृषि क्षेत्र बनाउन पहल थालेको छ। रासायनिक मल तथा विषादि प्रयोग गरिएको खाद्यबस्तुले मानव स्वास्थ्यमा नकरात्मक असर पर्ने भएकाले नगरपालिकाले प्रांगारिक क्षेत्र बनाउन पहल थालेको हो। रासायनिक मल र विषादिको असर तथा अर्गानिक कृषिको सम्भावनाका विषयमा नगरपालिकाले नेपाल पर्माकल्चर समूह काठमाडौंसँगको सहकार्यमा जेठ २० गते गोष्ठी आयोजना गरेको छ। कषि अभियान्ता तथा कृषिक सहभागी कार्यक्रममा मेयर दिपनारायण रिजालले कृषिमा रासायनिक मलको सट्टा कम्पोष्ट प्लान्टको बिकल्प अघि सारिएको बताए।

प्रकाशित: २३ जेष्ठ २०७६ ०५:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App