८ वैशाख २०८१ शनिबार
समाज

मोटरसाइकलको ठक्करबाट ५ बर्षीया बालिकाको मृत्यु

दुलेगौँडा(तनहुँ)– पृथ्वी राजमार्ग अन्तर्गत म्याग्दे गाउँपालिका १ तल्लो गुणादीमा मोटरसाइकलले ठक्कर दिँदा पाँच बर्षीया बालिकाको मृत्यु भएको छ। पोखराबाट दमौली जाँदै गरेको ३–०२–००६ प २५२६ नम्बरको मोटरसाइकलले सडक छेउमा हिडिरहेकी स्थानीय निशा आलेलाई ठक्कर दिँदा मृत्यु भएको हो।  

घाइते आलेलाई उपचारको लागि दमौलीस्थित रत्नहरि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए। उनका अनुसार ठक्कर दिने मोटरसाइकल र चालक प्रहरी नियन्त्रणमा छन्। घटनाको बारेमा थप अनुसन्धान भइरहेको थापाले बताए।

प्रकाशित: २१ जेष्ठ २०७६ १२:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App