१६ चैत्र २०८० शुक्रबार
समाज

टाटासुमो दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

रसुवा - रसुवाको मैलुङ–स्याफ्रुबेसी सडक खण्डमा सोमबार साँझ टाटासुमो दुर्घटनामा मृत्यु हुनेकाे संख्या तीन पुगेकाे छ। मृत्यु हुनेमा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–४ गोल्जुङका ३२ वर्षीय नोर्बु तामाङ, ३२ वर्षकै साहिली घले र ३५ वर्षीय मेन्दु घले रहेका छन्।

पोखराबाट रसुवाको गोल्जुङ जाँदै गरेको बा १० च ५८२० नम्बरको टाटा सुमो कालिका गाउँपालिका–१ गुम्चेतमा दुर्घटना भएको हो। दुर्घटनामा परी सोही ठाउँका ३२ वर्षीय सवारी चालक निमा तामाङ र ३५ वर्षकी जौरानी घले रहेकी छिन्। उनीहरूलाई त्रिशूली अस्पतालमा सामान्य उपचारपछि ग्रिनसिटी अस्पताल काठमाडौँ रिफर गरिएको छ।

त्यसैगरी ५ वर्षीय फुर्बु याङजेन तामाङ, २९ वर्षीय योङ जुङ तामाङ र ३ वर्षीय निम छेवाङ तामाङ घाइते भएका छन्। घाइतेलाई त्रिशूली अस्पताल उपचारपछि थप उपचारका लागि न्युरो अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर ४८ वर्षीय पासाङदे घले, १९ वर्षकी महिला कामी याङ्जेन तामाङ र २० वर्षकी ल्तेतङ घले रहेकी छिन्। बेपत्ताको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताए। टाटासुमो सय मिटर तल त्रिशूली खोलामा खसेको थियो।

प्रकाशित: २१ जेष्ठ २०७६ ०१:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App