२६ श्रावण २०७७ सोमबार
समाज

प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ

काठमाडाैं– महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जनालाई  प्रहरीले पक्राउ गरेको छ।

आइतबार राति पुरानो बसपार्क क्षेत्रमा चेकजाँचको क्रममा बा ६७ प ८८११ नम्बरको मोटरसाईकल चालक रामेछाप मन्थली नगरपालिका ११ बस्ने  २२ वर्षीय कोषराज बोहरा र  मोटरसाईकलमा पछाडि सवार सोही स्थान बस्ने २२ वर्षीय विवेक कार्कीले प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने प्रयास गरेका थिए। उनीहरुले २ सय रुपैयाँ दिइ कार्वाहीबाट बच्न खोजेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २० जेष्ठ २०७६ १४:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App