१५ चैत्र २०८० बिहीबार
समाज

ट्रयाक्टरको ठक्करले रौतहटमा दुई बालकको ज्यान गयो

रौतहट– ट्रयाक्टरको ठक्करले रौतहटमा दुई बालकको ज्यान गएको छ। अनियन्त्रित गतिमा रहेको ट्रयाक्टरले साइकल चलाइरहेका बालकलाई पछाडिबाट ठक्कर दिएपछि दुई बालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा गुजरा नपा ६ खतवहिया टोलाका राम विलास ठाकुर लोहारका करिब ८ वर्षका छोरा छोटेलाल ठाकुर र स्थानीय पनिलाल ठाकुर लोहारका करिब १२ वर्षका छोरा सन्तोष ठाकुर रहेका छन्। रौतहटको जंगलसैयाबाट कटहरियातर्फ गइरहेको ना ६ त ३५६७ नम्बरको ट्रयाक्टरले दुई बालक चढेको साइकललाई पछाडिबाट ठक्कर दिएको थियो। कटहरिया नपा १ स्थित सडकमा ठक्कर दिएपछि गम्भीर घाइते भएका दुवै बालकलाई उपचारको लागि गरुडा पु-याएको थियो। गरुडा नआइपुग्दै ८ वर्षका ठाकुरको मृत्यु भइसकेको थियो भने गम्भीर अवस्थामा रहेका १२ वर्षीय ठाकुरलाई उपचारको लागि वीरगंज पठाउँदा गण्डक अस्पतालमा मृत्यु भएको थियो।

ट्रयाक्टरलाई प्रहरीले नियत्रणमा लिइसकेको छ भने चालक फरार रहेका छन्। फरार चालकको खोजी भइरहेको र घटनाको अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

प्रकाशित: १७ जेष्ठ २०७६ १४:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App