coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुई बालबालिकाको मृत्यु

सांकेतिक तस्बिर

सप्तरी– छुट्टाछुट्टै दुर्घटनामा परी आज दुई बालबालिकाको मृत्यु भएको छ। सर्पदंशका कारण कञ्चनरुप नगरपालिका–११ का सात वर्षीय  भुवनेश्वर रामको मृत्यु भएको हो।

उनको उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस्तै डाकनेश्वरी नगरपालिका–७ मा गोरुको आक्रमणबाट स्थानीयवासी तीन वर्षीया गुञ्जाकुमारी मण्डलको मृत्यु भएको छ। आफ्नै घरमा खेलिरहेको अवस्थामा गोरुको आक्रमणमा परी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

प्रकाशित: १६ जेष्ठ २०७६ १५:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App