coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

केमिकल गोदाममा आगलागी

ललितपुर - ललितपुरमा बिहीबार बिहान केमिकल गोदाममा आगलागी भएको छ । ललितपुर महानगरपालिका–१८ स्थित भैंसेपाटीमा किरणप्रसाद श्रेष्ठको सोडियम हाइड्रो सल्फिट गोदाममा आगलागी भएको ललितपुर प्रहरीले जनाएको छ।

ललितपुर महानगरपालिका, काठमाडौं महानगरपालिका र भक्तपुर नगरपालिकाको ४ दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको हो। आगलागीबाट कति क्षति भयो यकिन विवरण भने प्राप्त भइसकेको छैन।

आगलागीबाट गोदामका सामान जलेर नष्ट भएको ललितपुर प्रहरीले जनाएको छ।  प्रहरीले विद्युत सर्ट भएर आगो सल्केको हुनसक्ने अनुमान गरेको छ।  आगो ६ घण्टापछि बिहान नौ बजे नियन्त्रणमा आएको हो।

प्रकाशित: १६ जेष्ठ २०७६ ०५:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App