७ वैशाख २०८१ शुक्रबार
समाज

चार वर्षपछि खुल्यो नेपालको ‘लाइफ लाइन’

तिब्बतको खासाबाट ऊन बोकर मितेरी पुल हुँदै नेपाल भित्रँदै गरेको कन्टेनर भ्यान । तस्बिरः ध्रुव/नागरिक

तातोपानी (सिन्धुपाल्चोक)– भूकम्प गएको चार वर्षपछि चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाका बुधबारदेखि पुनः सञ्चालनमा आएको छ। नेपाल र चीनका वाणिज्यमन्त्रीले संयूक्त रुपमा व्यापारिक कारोबारसहित नाका सञ्चालनमा ल्याएका हुन्।

नेपाल–चीन जोड्ने नवनिर्मित मितेरी पुलमा आयोजित समारोहबीच नाका सञ्चालनमा ल्याइएको थियो। नेपाल सरकारका उद्योग वाणिज्यमन्त्री मातृका यादव र चीनका वाणिज्य उपमन्त्री झाङ जिवेनलगायत दुबै देशका उच्चका अधिकारीले रिबन काटेर औपचारिक रुपमा नाका सञ्चालनमा ल्याएका थिए।

उनीहरुले ऊन बोकेर खासाबाट आएका चारवटा कन्टेर भ्यान नेपाल प्रवेश गराउँदै व्यापारिक कारोवारको शुभारम्भ गरे। मालबाहक कन्टेनर मितेरी पुल आउँदा आतसबाजी गरिएको थियो। त्यस्तै नेपालका तर्फबाट दुई कन्टेनर ह्याण्डी क्राफ्ट नाका हुँदै चीन पठाइएको छ।

नाका खुलाउन चीनबाट उपमन्त्री झाङसहित तिब्बत स्वायत्त क्षेत्रका अध्यक्ष झि झाला, नेपालका लागि चिनियाँ राजदुत हाऊ याङछीलगायत अधिकारी आएका थिए। त्यस्तै नेपालका तर्फबाट वाणिज्यमन्त्री यादवको नेतृत्वमा गृह जिल्लाका सांसदद्धय अग्निप्रसाद सापकोटा, शेरबहादुर तामाङ, प्रदेश नं. ३ का उद्योगमन्त्री अरुण नेपाल, सामाजिक विकासमन्त्री युवराज दुलाललगायत सरकारका उच्च अधिकारी तातोपानी आएका थिए।

वार्षिक २० अर्वको आयात÷निर्यात व्यापारबाट मुलुकलाई पाँच अर्व रुपैयाँको राजस्व योगदान गर्दै आएको यो नाका २०७२ वैशाख १२ को बिनासकारी भूकम्पपछि बन्द थियो। नाका सञ्चालनमा ल्याउँदै चीनका वाणिज्य उपमन्त्री झाङले तातोपानी–खासा नाका नेपाल–चीनबीचको सेतु बन्ने विश्वास व्यक्त गरे। ‘हाम्रा राष्ट्रपति सिजी पिङको सन्देश पनि यही हो । म त्यही सन्देश सुनाउन आएको हुँ,’ उनले भने।

नाका सञ्चालन समारोहमा बोल्दै उद्योग तथा वाणिज्यमन्त्री यादवले नेपाल–चीनबीच कुटनीति, राजनीति, आर्थिक, सांस्कृतिक मात्र नभएर जनता–जनताबीचको सम्बन्ध रहेको बताए। ‘नाका बन्द हुँदा नेपाली र नाकावासीको खुशी हराएको थियो,’ नाका सञ्चालनमा ल्याएकोमा चीन सरकारलाई धन्यवाद दिँदै उनले भने, ‘अब त्यो खुशी फर्केको छ।’

चीनसँगको व्यापारबाट नेपालले घाटा बेहोर्नु परेको उल्लेख गर्दै मन्त्री यादवले नेपाली उत्पादनलाई चीन प्रवेशमा प्राथमिकता दिन आग्रह गरे। एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले भने, ‘नेपालभूमि प्रयोग गरेर चीन बिरोधी गतिबिधि हुन दिँदैनौँ।’

चिनियाँ राजदुत हाऊले परम्परागत तातोपानी नाका नेपाल–चीनको लाइफलाईन भएको बताइन्। नेपालको सामाजिक, आर्थिक विकासमा चीन सधाउन सँधै तत्पर रहेको बताउँदै उनले भनिन्, ‘नाका सञ्चालनले दुबै मुलुकलाई फाइदा पुग्ने विश्वास छ।’

आवागमनका लागि नभएर सामग्री ढुवानी गर्ने प्रयोजनको रुपमा मात्र नाका सञ्चालनमा ल्याइएको े हो। सुरक्षा कारण दर्शाउँदै चीन आवागमन बन्दै गराउने अडानमा छ। आवागमन बन्द गराउने र नाकाको सुरक्षा मजबुत बनाउने सर्तमा चीन गत असोजमा नाका खुलाउन तयार भएको थियो।

ऊन बोकर नेपाल छिरेका कन्टेर भ्यान नवनिर्मित सुख्खा बन्दरगाहमा प्रवेश गरेका छन्। बिहीबार भन्सार जाँचपछि मात्र कन्टेर राजधानी प्रवेश गर्ने छन्। कन्टेनरसहित नेपाली चालक र मजदुर सामग्री लिन सोमबार खासा गएका थिए। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रबक्ता नवराज ढकालले मंगलबार नागरिकसँग नाका औपचारिक रुपमा सञ्चालनमा आएसँगै व्यापारीलाई सामग्री आयात गर्न बाटो खुल्ने बताएका थिए। नाका खुल्ने खबरले उत्साही व्यापारी, मजदुर र स्थानीयको ठूलो संख्यामा समारोहस्थल आएका थिए। ‘नाका सञ्चालनमा ल्याएकोमा सरकारलाई धन्यवाद’ लेखिएका उनीहरुले दुबै हातमा नेपाल र चीनको राष्ट्रिय झण्डा बोकेका थिए।

तिब्बतको खासाबाट ऊन बोकर मितेरी पुल हुँदै नेपाल भित्रँदै गरेको कन्टेनर भ्यान । तस्बिरः ध्रुव/नागरिक
तिब्बतको खासाबाट ऊन बोकर मितेरी पुल हुँदै नेपाल भित्रँदै गरेको कन्टेनर भ्यान । तस्बिरः ध्रुव/नागरिक
तिब्बतको खासाबाट ऊन बोकर मितेरी पुल हुँदै नेपाल भित्रँदै गरेको कन्टेनर भ्यान । तस्बिरः ध्रुव/नागरिक
तिब्बतको खासाबाट ऊन बोकर मितेरी पुल हुँदै नेपाल भित्रँदै गरेको कन्टेनर भ्यान । तस्बिरः ध्रुव/नागरिक
तिब्बतको खासाबाट ऊन बोकर मितेरी पुल हुँदै नेपाल भित्रँदै गरेको कन्टेनर भ्यान । तस्बिरः ध्रुव/नागरिक
तिब्बतको खासाबाट ऊन बोकर मितेरी पुल हुँदै नेपाल भित्रँदै गरेको कन्टेनर भ्यान । तस्बिरः ध्रुव/नागरिक
तिब्बतको खासाबाट ऊन बोकर मितेरी पुल हुँदै नेपाल भित्रँदै गरेको कन्टेनर भ्यान । तस्बिरः ध्रुव/नागरिक
तिब्बतको खासाबाट ऊन बोकर मितेरी पुल हुँदै नेपाल भित्रँदै गरेको कन्टेनर भ्यान । तस्बिरः ध्रुव/नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App