coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गाउँपालिकालाई डेढ करोडको जग्गा दान

दानविर कर्ण प्रताप राणा । तस्विर: योगेश रावल

टीकापुर - टीकापुर नगरपालिका–१ का उद्योगी कर्ण प्रताप राणा (७४)ले जानकी गाउँपालिकालाई कार्यालय भवन निर्माणका लागि झण्डै डेढ करोड मूल्य बराबरको जग्गा दान गरेका छन। साँघुरो भाडाको भवनमा गाउँपालिकाको कार्यालय सञ्चालन भएको देखेपछि जग्गा दान गरेको उनले बताए।

उनले जानकी गाउँपालिका–१ दुर्गौलीमा रहेको १ विगाह १२ कठ्ठा १० धुर जमिन यही जेठ १२ गते गाउँपालिकाको नाममा नामसारी गरिदिएका हुन्। गाउँपालिकाले राणालाई कार्यपालिका बैठकमा सम्मानसहित धन्यवाद व्यक्त गरेको छ। राणाको सम्मानमा भब्य समारोह गर्ने सोचमा रहेको गाउँपालिका अध्यक्ष प्रदिप चौधरीले बताए।

उनले २०६० सालमा दीप इट्टा उद्योग सञ्चालनका लागि साढे १५ विगाह जग्गा किनेका थिए। उनले इट्टा उद्योग छोड्ने क्रममा आफूसँग भएको जग्गा गाउँपालिकालाई दान गरेका हुन्। ‘म अब काम गर्न सक्दैन’ उनले भने–‘सबै ऋणसापट तिरेर ढुक्कले बस्छु।’

राणाले गाउँपालिकालाई जग्गा दिनुका पछि कुनै ठूलो स्वार्थ छैन। सोही जग्गासँग जोडिएको उनको थप १४ विगाह जमिन छ। गाउँपालिकाको भवन निर्माण भएपछि त्यही जग्गाको मूल्य बढ्ने राणाको अपेक्षा छ। उनले आफूसँग भएको जग्गा थोरै महंगोमा बेच्न पाए इट्टा उद्योग सञ्चालनका क्रममा लागेको ऋण तिर्ने इच्छा व्यक्त गरेका छन।
गाउँपालिकाले कार्यालय भवन निर्माणका लागि विस्तृत गुरुयोजनाको काम थालेको छ। अध्यक्ष चौधरीले एक महिना भित्रै भवन निर्माणका लागि टेण्डर गर्ने बताए।

प्रकाशित: १५ जेष्ठ २०७६ ०७:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App