५ वैशाख २०८१ बुधबार
समाज

वैशाखमा १८८ महिला हिंसाका घटना

काठमाडौँ - महिला पुर्नस्थापना केन्द्र (ओरेक) नेपालले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार वैशाखमा मात्रै मुलुकभर १८८ लैङ्गिक विभेदमा आधारित महिला हिंसाका घट्ना भएका छन् ।

ओरेकले तयार पारेको प्रतिवेदनमा वैशाखमा १०९ घरेलु हिंसा, ४० यौन हिंसा र २४ सामाजिक हिंसाका घटना भएको जनाइएको  हो । त्यस्तै ११ हत्याका घटनाका साथै दुई प्रतिशत अन्य प्रकारका घटना भएका थिए ।

विवरणअनुसार सबैभन्दा बढी २६ देखि ३५ वर्ष उमेर समूहका महिलाहरु हिंसामा परेका थिए । त्यसपछि १७ देखि २५ वर्ष उमेर समूहका महिला हिंसाका घटना थिए । हिंसामा संलग्न पुरुषहरुको उमेरको विश्लेषण गर्दा सबैभन्दा धेरै २६ देखि ३५ वर्षका रहेको ओरेकले जनाएको छ ।

महिलाहरु सबैभन्दा बढी घरभित्र र चिनजानेका बाटै असुरक्षित हुने गरेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानैले जानकारी दिए ।

प्रकाशित: १४ जेष्ठ २०७६ ०८:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App