२७ असार २०७७ शनिबार
समाज

भोजपुरमा २२ महिने छोराको घाँटी छिनाएर हत्या

भोजपुर - भोजपुर सदरमुकामस्थित पानी ट्याङ्कीमा एक आमाले आफ्नै अवोध छोरालाई खुकुरीले दुई टुक्रा पारेर हत्या गरेकी छन्।

२५ वर्षिय सम्झना थापाले आफ्नै २२ महिनाको छोरा सम्बोधन थापालाई विहान ७ बजेतिर आफु बस्ने घरको छतमा लगेर मासु काट्ने अचानोमाथि राखि खुकुरीले घाँटी छिनाएर हत्या गरेकी हुन्। रामप्रसाद राई गाउँपालिका वासिखोरा घर भई पानीट्याङ्की टोलमा भेनाजुको घरमा सम्झनाको परिवार बस्दै आएका थिए। बालकका बाबु सूर्यबहादुर थापा भने लघुवित्त कम्पनीमा कार्यरत् रहेको भोजपुरका प्रहरी प्रमुख डिएसपी केशवकुमार थेवेले बताए। उनी कार्यालयको कामले सदरमुकाम वाहिर गएको बताइएको छ।

प्रहरीले हत्यारा सम्झनालाई पक्राउ गरेको छ। बालकको शव जिल्ला अस्पताल भोजपुरमा पोष्टमार्टम गरि परिवारको जिम्मा लगाइने प्रहरीले बताएको छ। घटनाको विषयमा प्रहरीले थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

प्रकाशित: १४ जेष्ठ २०७६ १२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App