१६ चैत्र २०८० शुक्रबार
समाज

काठमाडौं आउँदै गरेकाे बसले ठक्कर दिँदा महिलाको मृत्यु

सर्लाही - सर्लाहीको लालबन्दीमा रात्रीबसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। काकडभिट्टाबाट काठमाडौतर्फ जाँदै गरेको बा. ४ ख ८०८१ नम्बरको बसले आइतबार राती पौने १० बजे ठक्कर दिँदा ६० वर्षीया मिसमाया परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

लालबन्दी नगरपालिका(६ जनवादी चोक स्थित महेन्द्र राजमार्गमा बाटो काट्ने क्रममा परियारलाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतित सिंह राठौरले जानकारी दिए । मृतकको शव पोष्टमाटमका लागि सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा राखिएको छ ।

ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । त्यसैगरी जिल्लाको दक्षिण(पुर्वी क्षेत्र स्थित पर्सा गाउँपालिका(२ मा भारतिय मोटरसाईकलले ठक्कर दिँदा स्थानिय १० वर्षीया बालिका घाईते भएकी छिन् ।

BR 01 BY 9494 नम्बरको मोटरसाईकलले ठक्कर दिँदा संजय शर्माकी छोरी प्रितीको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । घाईते बालिकालाई उपचारका लागि जनकपुरतर्फ पठाईएको तथा मोटरसाईकल चालक हरिपुर्वा नगरपालिका(५ निवासी ३० वर्षीय दिपेश कुमार यादवलाई नियन्त्रणमा लिईएको प्रहरीले जनायो ।

प्रकाशित: १३ जेष्ठ २०७६ ०३:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App